Logo
१५ चैत्र २०८०, बिहीबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गढदेव धार्मिक बन समुहको साधारण सभा सम्पन्न

सुनसरीको गढी गाँउपालिका २ (भमरी)मा रहेको गढदेव धार्मिक बन समुहको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । गढी गाँउपालिका वडा नं. २ र दुहबी नगरपालिका वडा नं. १० अन्तरगत ८.४९६ हेक्टर क्षेत्रफलमा फैलिएको यस बन समुहका अध्यक्ष भगवती चौधरीको अध्यक्षता तथा प्रदेश नं. १ का उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुशियैतको प्रमुख आथित्यतामा सम्पन्न भयो ।

यस गढदेव बुद्ध पर्यटकिय क्षेत्रलाई प्रदेश नं. १ कै नमुना पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना भएकाले यसका लागि भगवती चौधरीले अगुवाई गरेकाले धन्यवाद दिदै यो क्षेत्र पर्यटकिय गन्तब्य अवश्य बन्नेमा प्रमुख अतिथिले बिश्वास ब्यक्त गरे । यस कार्यका लागि सवै सरोकारवालाहरुलाई मिलेर काम गर्न सुझाव दिदै यस क्षेत्रको बिकास र बिस्तारका लागि प्रदेश सरकारले समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

निर्माणाधिन अवस्थामा रहेको बुद्धको प्रतिमा लगायतका संरचनाहरुको निर्माणका लागि यस आ.ब.मा बजेट नितियोजन गरिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिने भन्दै आश्वासन दिए ।
सभामा समुहकी अध्यक्ष चौधरीले धार्मिक बनको आ.ब. २०७६/०७७ को बार्षिक कार्ययोजना प्रस्तुत गर्दै बुद्ध प्रतिमाको बेसमेन्टको निर्माण सम्पन्न गर्ने, बाल उद्धानको निर्माण सम्पन्न गर्ने, घेराबेरा सम्बन्धी कार्यलाई निरन्तरता दिने, नदी कटान नियन्त्रण गरी आगामी दिनमा गरुयोजना अनुरुप बोटिङ्ग सञ्चालन गर्न योजना रहेको बताए ।

त्यसै गरी पर्यटकिय क्षेत्रको बिकास र बिस्तार सम्बन्धि कार्यको लागि सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गर्दै जाने योजना रहेको जानकारी गराए । यस गढदेव बुद्ध पर्यटकिय क्षेत्रको अतिक्रमित जग्गाहरुको खाजी गर्ने र खोजी गरिएको जग्गाको संरक्षणका लागि समुहले उचित व्यवस्था गर्ने वताए । यस क्षेत्रको बिकासका लागि आफ्नो कुनै ब्यक्तिगत स्वार्थ नभएकाले यसमा कही कतैबाट नआउनु बिश्वास राखेको थिए ।

त्यसै गरी समुहका कोषाध्यक्ष शिव कुमार बस्नेतले आर्थिक लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा गढी गाँउपालिकाका अध्यक्ष श्री प्रसाद यादवले आगामी दिनमा यस क्षेत्रमा हुने काम कारवाहीमा समुहलाई आफ्नो सुझवाहरुको पालना गर्नु पर्ने बिचार राखे । सभामा अतिथिका रुपमा उपाध्यक्ष राज कुमारी चौधरी, वडा नं. १ का वडाध्यक्ष शैकर लाल चौधरी, वडा नं. २ का अरुण कुमार चौधरी, नेकपा केन्द्रिय सदस्य तथा सुनसरी सह ईन्चार्ज तैयव हुसैन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
गढी गाँउपालिका वडा नं. २ मा रहेको गढदेव बुद्ध पर्यटकिय क्षेत्रको नवनिर्मित सभाहलमा भएको कार्यक्रममा बन समुहका सदस्य तथा सरोकारवाहरु गरी ३०० जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्