Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी मेयर कपको उपाधी दुहबी वडा नम्बर १० ले चुम्यो

सुनसरीको दुहबीमा जारि दोश्रो मेयरकप फूटबल प्रतियोगिता को शुक्रबार भएकोे फाइनल खेलमा दुहबी वडा नम्वर १० ले दुहबी वडा नम्वर ११ लाइ ट्राइबेकरमा ३–१ गोल अन्तरले पछि पार्दै मेयर कपको उपाधी चुमेको छ । निर्धारित समय ८० मिनेट सम्म दुबै तर्फबाट १-१ गोल सहित बराबरी भएपछि ट्राइबेकरको साहारा लिइएको थियो ।

खेलको म्यान अफ द म्याच दुहबी ११ का खेलाडी सुमन ऋषिदेबले १ हजार नगद सहित मेडल पाए । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी दुहबी १० का समित चौधरी घोषित हुदै नगद ६ हजार सहित मेडल पाए । दुहबी १० का कुन्दन चौधरीले ५ गोल गर्दै हाइएस्ट गोल गर्दै नगद ५ हजार सहित मेडल पाए । उत्कृष्ट गोल रक्षक दुहबी १० का राम कुमार चौधरीले नगद ४ हजार सहित मेड्ल पाए ।

बेस्ट मिड फिल्ड्मा दुहबी १० का प्रल्हाद कुमार चौधरीले नगद ४ हजार सहित मेडल पाए । बेस्ट डिफेन्समा दुहबी ११ का मनिन्द्र चौधरीले नगद ४ हजार सहित मेडल
पाए । बेस्ट कोचमा दुहबी १० का देबचरण बहरदारले नगद ४ हजार सहित मेडल पाए । बेस्ट फेयर प्ले टिम दुहबी वडा नम्बर ६ घोषित हुँदै नगद ५ हजार प्रदान गरियो । बेस्ट राइजिङ टिम दुहबी ८ घोषित हुँदै नगद ५ हजार प्रदान
गरियो ।

बेस्ट जर्सी दुहबी ५ घोषित हुँदै ५ हजार प्रदान
गरियो । दुहबी वडा नम्बर १० ले उपाधी सहित १ लाख नगद र उप बिजेता दुहबी वडा नम्बर ११ ले ५० हजार प्राप्त गरे । दुहबी नगर पालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा पौष २१ गते प्रतियोगिता सुरु भएको
थियो ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्