Logo
१३ बैशाख २०८१, बिहीबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झोलुङ्गे पुलबाट परिवारसहित त्रिशुलीमा हाम्फाल्दा एकको मृत्यु २ छोरा बेपत्ता

काठमाडौँ : बिहीबार साँझ धादिङको रोराङ गाउँपालिका-३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हाम्फाले ।

काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदिमा हाम्फालेका हुन् ।

नदीमा हाम्फालेका उनीहरुमध्ये विनयलाई जीवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृत्यु भएको छ । यस्तै दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ ।

त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

जीवितै उद्दार गरिएका विनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्