Logo
११ बैशाख २०८१, मंगलबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राष्ट्रपति सि म्यानमार प्रस्थान

चीनका राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि शुक्रबार म्यानमार प्रस्थान गरेका छन् ।

म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमणका लागि उनी शुक्रबार बेइजिङबाट म्यानमार प्रस्थान गरेको हो ।

उनीसँगै अन्य प्रभावशाली नेताहरु पनि भ्रमण टोलीमा सहभागी भएका छन् । टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी अन्तर्गतको राजनीतिक विभागका सदस्य डिङ क्षेछिङ, केन्द्रीय कमिटिको सचिवालय सदस्य तथा महासचिवको कार्यालयका निर्देशक याङ जिएची, केन्द्रीय कमिटि अन्तर्गतको विदेश मामिला कार्यालयका निर्देशक तथा विदेश मन्त्री वाङ यी, राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगका प्रमुख हि लिफेङलगायत छन् ।

चिनियाँ उच्चस्तरीय टोलीले शुक्रबार र शनिबार म्यानमारको औपचारिक भ्रमण गर्न लागेको अधिकारीहरुले जनाएका छन् ।

विशाल राष्ट्र चीनका राष्ट्रपतिको यो भ्रमणलाई क्षेत्रीय रुपमा महत्वका साथ हेरिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्