Logo
१५ चैत्र २०८०, बिहीबार
(January 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईमा नेपालीहरु रहेको सवारी दुर्घटना हुदाँ ६ जनाको मृत्यु, २४ गम्भीर घाईते (भिडियो सहित)

काठमाडौं  : लाखौं नेपालीहरु रहेको संयुक्त अरब इमिरेट्स (युएई) मा बस दुर्घटनामा परेको छ । यहाँको अबुधावीमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो । घटनामा अन्य २४ जना घाइते भएको जानकारी दिइएको छ । बिहान करिव ५ः३० मा भएको दुर्घटनामा परेर घाइते भएका २४ जनामध्ये १९ जना नेपाली भएको युएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

तर, मृत्यु भएका व्यक्तिको राष्ट्रियता र पहिचान अहिलेसम्म खुल्न सकेको छैन । प्रवासी कामदार बोकेको बसले मालबहाक गाडीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

आबुधावी प्रहरीले सार्वजनिक गरेको भिडियोमा सडकमा गुडिरहेको कारले दाँया साइड च्याप्दै रोकिन खोजेपछि पछिपछि रहेका दुईवटा लरीले गति कम गर्दै रोकिँदा पछाडिबाट आएको मिनीबसले पछिल्लो लरीलाई ठक्कर दिएको देख्न सकिन्छ । स्थानीय प्रहरीले लापरवाहीपूर्ण ड्राभिङका कारण दुर्घटना भएको बताएको छ ।

https://youtu.be/_FRSw5DfG1o

दुर्घटनापश्चात युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित दूतावासको सोली घाइतेहरूलाई भर्ना गरिएको मरफाक अस्पतालमा गएका छन् । दूतावासले नेपाली काम गर्ने कम्पनीसँग सम्पर्क गरेको जनाएको छ । दुर्घटनाबारे आवश्यक थप अनुसन्धान भईरहेको जनाईएको छ ।

प्रकाशित मिति: Jan 17, 2020

प्रतिक्रिया दिनुहोस्