Logo
१३ बैशाख २०८१, बिहीबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशस्तरीय पुरुष भलिबलमा चितवन विजयी

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानुसिरुबारीमा आयोजित वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको आज भएको फाइनलमा चितवन जिल्ला विजयी भएको छ । विजेता चितवनले २५-२०, २५-२३ र २६-२४ को अन्तरले रामेछापलाई पराजित गरेको थियो ।

प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले विजेता र उपविजेतालाई क्रमशः रु दुई लाख दुई हजार २० र रु एक लाख एक हजार १० सहित ट्रफी, पदक र प्रमाणपत्रसहित पुरस्कृत गरे ।

भलिबलमा जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको उक्त प्रतियोगिता गत पुस २६ गतेदेखि शुरु भएको थियो ।

प्रतियोगितामा काठमाडाँै र रसुवाबाहेक ११ जिल्लाको सहभागिता रहेको आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रवीन गौतमले जानकारी दिए ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्