Logo
८ बैशाख २०८१, शनिबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नयाँदिल्ली स्थित रक्षा मन्त्रालयमा पुगेर पौडेलले भेटवार्ता गरेका हुन् ।

उपचारका लागि सोमबार भारतको नयाँदिल्ली पुगेका पौडेलले भारतीय जनता पार्टीका पुर्वअध्यक्ष समेत रहेका सिंहसँग बुधबार नयाँदिल्लीमा भेटवार्ता गरेका हुन्।

नेपाली कांग्रेस र नेपाल स्थित भारतीय दुतावासबीच बढेको असमझदारी समेत भेटवार्तामा नेपाल भारतबीचको सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था तथा विश्व राजनीति लगायतका बिषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्