Logo
१३ बैशाख २०८१, बिहीबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय बेइज्जती गर्दै कुर्सीमा बसेर मन्त्रीहरुले यसरी गरे योग अभ्यास (फोटोफिचर)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा योग अभ्यास गर्दै सहभागीहरु । तस्वीर : रत्न श्रेष्ठ

सरकारी स्तरबाटै राष्ट्रिय बेइजती हुनेगरी मन्त्रीहरुले बुधवार योग दिवस मनाएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा अन्य कार्यक्रम झै प्रक्रिया पु¥याउँदै योग दिवस मनाइएका हुन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, शिक्षामनत्री गिरिराजमणी पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेतले कुर्सीमा बसेर बुधवार योग दिवस मनाएका हुन् ।

विश्वभर योग दिवसलाई राष्ट्रिय चाँडको रुपमा मनाइएता पनि नेपालमा भने मात्र प्रकिृया पुरा गरेको देखिएको हो । मंचमा एक जना योग प्रशिक्षकले योग गरिरँदा अन्यले भने सर्कस हरे जस्तो दर्शक बनेका देखिन्थे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा सहभागी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुुभक्त ढकाललगायत योग अभ्यास गर्नुहुँदै । तस्वीर : रत्न श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर सङक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा योग अभ्यास गर्दै सहभागी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर संक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा योग अभ्यास गर्दै सहभागीहरु । तस्वीर : रत्न श्रेष्ठ रासस ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बुधबार राष्ट्रिय योग दिवस, मकर सङक्रान्तिका अवसरमा आयोजित कार्यक्रममा योग अभ्यास देखाउँदै दुुर्गा पन्त । तस्वीर : रत्न श्रेष्ठ

विश्वमा यसरी मनाइन्छ योग दिवस :

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्