Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताको पसिना लुट्दैआयल निगमः एक महिनामा ३ पटक मूल्य बढाएर १ अर्ब रुपैयाँ नाफा

नेपाल आयल निगमले पछिल्लो एक महिनामा पेट्रोलियम पदार्थमा ३ पटक मूल्य बढाएर करीब १ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।अन्तर्राष्ट्रिय बजारभाउअनुसार इन्धनको मूल्य समायोजन गर्ने भन्दै निगमले मंसिर १६ देखि पुस १६ गतेसम्म ३ पटक मूल्य बढाइसकेको छ ।

मंसिर मध्यदेखि पुससम्म निगमले ९८ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अन्तर्राष्ट्रिय बजारभन्दा चर्को मूल्य कायम गरेर निगमले नाफा कमाएको हो ।

निगमले गत आर्थिक वर्ष मात्र ४ अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । ११ अर्ब चुक्ता पूँजी भएको निगमले उक्त नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको छ । साथै, ४ करोड रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याइएको छ । निगमले लाभांश र बोनस वितरण गर्ने विषयमा अर्थ मन्त्रालयसँग सहमति मागेको छ ।

 

निगमले ५ वर्षअघि स्वचालित मूल्य प्रणालीको शुरूआत गरेको थियो । त्यसबेला निगम ३५ अर्ब रुपैयाँको सञ्चित नोक्सानीमा थियो भने ३६ अर्ब रुपैयाँ ऋणमा थियो । त्यसबेलादेखि नोक्सानी पूर्ति र ऋण तिर्न भन्दै इन्धनमा केही चर्को मूल्य तोक्न थालेको हो । यसबीच नोक्सानी पूर्ति र ऋण पनि तिरिसकेको छ तर चर्को मूल्य तोक्ने प्रवृत्ति हटाएको छैन ।

आयल निगमले दशैंतिहारको बिदापछि १६ मंसिरमा मूल्यवृद्धि गरेको थियो । दशैंतिहार र त्यसपछिका केही दिन अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेपनि मंसिर पहिलो साताबाट मूल्य ओरालो लाग्न थालेको थियो तर निगमले आईओसी ९भारतीय आयल निगम० बाट खरिद मूल्य बढेर आएको भन्दै पेट्रोल, डिजेल–मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । यसरी मूल्यवृद्धि गर्दा निगमलाई १५ दिनमा ३३ करोड २४ लाख रुपैयाँ नाफा भएको हो ।

निगमले पुस १६ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढायो । यसरी गरिएको मूल्यवृद्धिबाट पुस मसान्तसम्ममा निगमले करकट्टीपछि ३० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ ।

आयल निगमको मंगलवार सम्पन्न वार्षिक साधारणसभाले शेयरधनीलाई २० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ । निगममा सरकार र सरकारी निकायको शतप्रतिशत शेयर छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्