Logo
१२ बैशाख २०८१, बुधबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश बाहेक आज देशभर सार्वजनिक विदा, स्थानीय तहहरुको छुट्टाछुट्टै सूचना

मकर सक्रान्ती अर्थात माघे सङ्क्रान्तिको अवसरमा बुधबार केन्द्र सरकारले सार्वजनिक बिदाकाे घोषणा नगरे पनि प्रदेश सरकारहरुले भने बिदा दिएका छन् ।

वागमतीबाहेक अरु सबै प्रदेश सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । वागमती प्रदेशमै पर्ने नुवाकोटको ककनी र म्यागङ गाउँपालिका तथा रसुवाको उत्तरगया गाउँपालिकाले भने सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

प्रदेश ५ ले भने बिहीबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघी पर्व विशेषरुपमा मनाउने थारु तथा मगर समुदायको धेरै बसोबास रहेकाले बुधबार र बिहीबार बिदा दिइएको प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्