Logo
८ बैशाख २०८१, शनिबार
(January 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणिको किताब बजारमा

लोकसभा परिक्षाको तयारी गरिरहेकाहरुका लागी सफलताको सारथि राष्ट्रिय अनुसन्धान विभाग सहायक सूचक चतुर्थ श्रेणिको किताब आजबाट बजारमा आएको छ ।

पत्रकार एवं लेखकद्वय सम्झना पौडेल र प्रशिक्षक सविन घिमिरेले पुस्तक बजारमा ल्याएका हुन । एक कार्यक्रमका बिच गुरु पब्लिकेसनले आजबाट पुस्तक बजारमा आएको जानकारी गराएको छ ।

पुस्तकमा अनुसन्धान विभाग सहायक सूचकका लागि आवश्यक सम्पुर्ण सामग्री समावेश भएको पब्लिकेसनले जनाएको छ ।

“ज्ञान पुर्ण हुदैँन, हामीले पुस्तकमा प्रथमपत्र र द्वितीयपत्रको पाठ्यक्रम अनुसार सबै बिषयबस्तु समावेश गरेकाले पनि सहायक सूचक चतुर्थ श्रेणिको लागि पुस्तक बहुउपयोगि हुने विश्वास लिएका छौँ– लेखकद्वय ।”

देशभरका सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुने छ । पुस्तकको मूल्य ५५५ रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: Jan 15, 2020

प्रतिक्रिया दिनुहोस्