Logo
१५ चैत्र २०८०, बिहीबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी १ लाई पराजित गर्दै दुहबी १० उपाधी नजिक

सुनसरीको दुहबीमा जारि दोश्रो मेयरकप फूटबल प्रतियोगिता को मंगलबार भएकोे पहिलो सेमिफाइनल खेलमा दुहबी वडा नम्वर १० ले दुहबी वडा नम्वर १ लाइ ६–२को फराकिलो गोल अन्तरले पाखा लगाउँदै उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।

खेलको उत्कृष्ट खेलाडी दुहबी १० का कुन्दन चौधरीले प्रतियोगिताको पहिलो ह्याट्रिक ३ गोल गर्दै १ हजार सहित मेडल प्राप्त गरे । बुधवारको दोस्रो सेमि फाइनल खेल दुहबी वडा नम्बर ९ र दुहबी ११ का बिच हुँनेछ । फाइनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले उपाधी सहित १ लाख नगद र उप बिजेताले ५० हजार पाउनेछन् ।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्