Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ भारतीय राजदूत विनयमोहन क्‍वात्राले थप अधिकार सहित फेब्रुअरीबाट कार्यकाल सम्हाल्ने

राजनीतिक अधिकार सहित नेपालका लागि नयाँ भारतीय राजदूत विनयमोहन क्‍वात्रा नियुक्त भएका छन्। उनलाई भारत सरकारले थप राजनीतिक अधिकार सहित नयाँ राजदूतको रुपमा नेपाल पठाउने निर्णय गरेको हो ।

यसअघि राजदूत रहेका मंजिवसिंह पुरीलाई राजनीतिक अधिकार दिइएको थिएन । नेपालमा नयाँ संविधान जारी भएपछि राजदूत रंजित रायको कार्यकालमा नाकाबन्दी-राजनीति भएपछि पुरीलाई भने राजनीतिक अधिकार कटौती गर्दै राजदूत बनाएर पठाएको थियो । ।

भारतीय जनता पार्टी निकट मानिएका विनयमोहन क्‍वात्रालाई प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छामा राजदूत बनाइएका हुन् ।

विदेशमन्त्री र सचिवले भने गोपाल बाग्ले वा अखिलेश मिश्रालाई पठाउने तयारी गरेका थिए ।

तर प्र्रधानमन्त्री मोदीले विनय मोहन क्‍वात्राको नाम पठाएपछि विदेश मन्त्रालयले उनकै नाममा प्रस्ताव गरेका थिए ।

भारतको मन्त्रीपरिषद्ले सोमबार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले विनय नेपालका लागि नयाँ राजदूतका लागि नियुक्त गरेको पुष्टि गरे। ३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन्।

अघिल्लो महिना भारतीय राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि भारतले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो। विनयले भारतको प्रधानमन्त्री कार्यालयमा पनि सचिवका रुपमा काम गरेका थिए। उनले आगामी फेब्रुअरीबाट कार्यकाल सम्हाल्ने छन्।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्