Logo
१५ चैत्र २०८०, बिहीबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई नाबालक छोरा मार्ने आमालाई जन्मकैदको फैसला

दैलेख : ७५ कात्तिक १० गते दिउँसोको आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले एकजना महिलालाई जन्मकैदको फैसला सुनाएको छ।

खाजा खाने समयमा खाजामा विष मिसाई आफ्नै नावालक दुई छोरालाई खुवाई हत्या गरेको कसुरमा जिल्लाको महावु गाउँपालिका १ खरीगैराकी २४ वर्षीया कल्पना नेपालिलाई जिल्ला अदालत दैलेखका न्यायधीस दण्डपाणी लामि छानेको ईजलासले सोमबार जन्म कैदको फैसला सुनाएको जिल्ला अदालतका दैलेखका सुचना अधिकारी विनोद आचार्यले जानकारी दिए।

कल्पनाले विष खुवाएका दुई छोरामध्ये जेठो छोरा ७ वर्षिया आयुष नेपालिको उपचारका लागि बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो भने कान्छो छोरा ३ वर्षीया अमित नेपालीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्