Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानका लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानका लागि आवश्यक वातावरण निर्माण गर्न र युद्धविरामका लागि लिबियाको संकटका सबै पक्षलाई तयार पार्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताइएको छ ।

लिबियामा बढ्दै गइरहेको संकटका बारेमा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले केही दिनयतादेखि अन्तर्राष्ट्रिय समुदायसँग छलफल र परामर्श गर्दै आएको छ ।

उनले आइतबार मात्र पनि विभिन्न देशका नेताहरुसँग यसै विषयमा आवश्यक परामर्श र छलफल गर्नुभएको थियो । उनले आइतबार मात्र पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेका हुन ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार उनले लिबियामा जारी रहेको संकटको अन्त्यका लागि सबैभन्दा पनि युद्ध विरामको आवश्यकता रहेको र त्यसपछि शान्तिवार्ताका माध्यमबाट अघि बढ्न सकिने धारणा राखेका थिए ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सो विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि लिबियाको संकट समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस विषयमा जर्मनीको राजधानी बर्लिनमा एक सम्मेलनको आयोजना गर्ने र सो सम्मेलनमा लिबिया संकटका बारेमा विदेशी दाता राष्टहरुका साथै विदेशी समुदायले पनि कूटनीतिक पहल थाल्ने विषयमा तयारी गर्ने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्