Logo
०६ माघ २०७६, सोमबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहिनन् अमिताभकी सम्धी रितु नन्दा

ऋषि र रणधीर कपुरकी बहिनी तथा राजकपुरकी छोरी रितु नन्दाको निधन भएको छ ।

उनले मंगलबार दिल्लीमा अन्तिम सास फेरिन् । उनी ७१ वर्षकी थिइन् । रणधीर कपुरले एक अंग्रेजी वेबसाइटसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन् । उनले भने, ‘आज बिहान रितु नन्दा रहिनन् । उनी क्यान्सरसँग जुधिरहेकी थिइन् । हामी दिल्लीमा नै छौं । उनको आजै अन्तिम संस्कार गरिनेछ ।’

रितु अमिताभ बच्चनकी सम्धी हुन् । उनका छोरा निखिलको विवाह अमिताभकी छोरी श्वेतासँग भएको थियो । सन् १९४८ मा जन्मिएकी रितु जीवन बीमा व्यवसायमा सक्रिय थिइन् ।

उनको विवाह उद्योगपति राजन नन्दासँग भएको थियो, जसको मृत्यु सन् २०१८ मा भइसकेको छ । निखिलबाहेक रितु र राजनकी एक छोरी पनि छिन् जसको नाम नताशा हो ।

जीवन बीमाको व्यवसायमा रितुले विभिन्न अवार्ड र सम्मान पाएकी थिइन् । उनको नाम गिनिज बुक अफ वर्ल्स रेकर्डमा पनि समावेश छ ।

उनले एकैदिन १७ हजार पेन्सन पोलिसी बेचेकी थिइन् । सन् २०१३ मा उनलाई क्यान्सर लागेको खबर सार्वजनिक भएको थियो, उनको अमेरिकामा उपचार भइरहेको थियो ।

प्रकाशित मिति: २९ पुष २०७६, मंगलवार १४:३२

प्रतिक्रिया दिनुहोस्