Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पैसा कमाउन बसभित्रै हस्तमैथुन गरेका थिए रविन, भिडियो बनाएको ६ महिनापछि अपलोड

समाजिक संजाल मार्फत निकै चर्चा पाएको एक बर्ष अघिको एक घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेपछि आज सार्वजनिक गरेको छ । सार्वजनिक बसमा हस्तमैथुन गरी अगाडी बसेकी एक युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो समाजिक संजालमा अपलोड गर्ने व्यक्ति रविन सार्की भन्ने रविन रुचाल पक्राउ परेका हुन् ।

एसएसपी थापाका अनुसार घटना लगत्तै भारत भागेका रबिनले दिल्लीमा रहेको एक मोमो फ्याक्ट्रीमा ३ महिना काम गरेका र त्यहाँबाट भारतकै कास्मिर गई त्यहाँ पनि ४ महिना बसेर पुनः दिल्ली गई ३/४ महिना अगाडि मात्रै दिल्लीबाट चितवन आएका थिए । एक वर्षअघि ललितपुरको डल्लु-लगनखेल रुटमा चल्ने सार्वजनिक यातायातभित्रै एक युवकले हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो भाइरल भएको थियो ।

भिडियो भाइरल भएपछि सार्वजनिक यातायातमा सवारी गर्ने महिलाहरुको अवस्था र सुरक्षामा समेत गम्भीर चिन्ताको बिषय बनेको थियो ।

भिडियो २०७५ माघ ११ गते फेसबुकमा अपलोड गरिएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि धेरै महिलाहरु आक्रोशित बने ।

विरोध गर्दै महिलाहरु प्रहरीकोमा पुगे । लगत्तै प्रहरीले पनि हस्तमैथुन गर्ने व्यक्तिको खोजी सुरु गर्यो । भिडियो रविन रुचाल नामको फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

प्रहरीले हस्तमैथुन गरेर भिडियो कसले खिच्यो भनेर अनुसन्धान थाल्यो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौँ प्रहरी र महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गरेको थियो । प्राविधिक रुपमा अनुसन्धान गरेर अपराध महाशाखाको प्रहरी टोली एक वर्षपछि रविन रुचालसम्म पुग्यो ।

महाशाखाका एसएसपी सहकुल थापाले भने, ‘रविन भन्ने व्यक्तिको नाममा खोलिएको फेसबुक अकाउन्टको आइपी ठेगाना पत्ता लगाउन प्रहरी सक्रिय भएर लाग्यो । सोहीको आधारमा रविन रुचाल भन्ने व्यक्तिलाई एक वर्षपछि पक्राउ गरेरै छाड्यौं ।’ फेसबुकमा रविन रुचाल नाममा फेसबुक खोलिएको भएपछि उनको नागरिकतामा नाम रविन सार्की रहेको महाशाखाका एसएसपी थापाको दावी छ ।

१२ कक्षामा अध्ययनरत रविन सार्की भन्ने रविन रुचालको स्थायी घर तनहुँ अरुणेदय गाविस–१ स्थायी घर हो । २१ वर्षीय रविन पछिल्लो समय चितवनको भरतपुर महानगरपालिका विकासचोक बस्दै आएका थिए । तीन वर्षअघि रविन काठमाडौँको बानेश्वरमा डेरा लिएर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

रिक्सा चलाउन काम गर्थे रविन । कामको सिलसिलामै साथीभाइको संगतले फेसबुक म्यासेन्जरमको अश्लिल ग्रुपमा जोडिए रुचाल ।अश्लिल भिडियो बनाएपछि पैसा आउने कुरा फेसबुक ग्रुपमा भएपछि उनले भिडियो बनाउने निर्णय लिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सोही क्रममा उनले २०७५ साउनमा भिडियो बनाएर माघमा अपलोड गरेका हुन् ।

पैसा आउने भनेपछि रविनले विभिन्न ग्रुपहरु बनाएर युवतीको कपालमा बिर्य फालेको भिडियो समेत पठाए । रविनले ग्रुप म्यासेजमा समेत साथीभाइसँग जथाभावी बोलेका छन् । ०७५ साउनमा सार्वजनिक यातायातमा चढेका रविनले हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य बिसर्जन गरे, र त्यसको भिडियो आफैले खिचे । वीर्य आफनो अगाडि बस्ने युवतीको कपालभरी पारिदिन्छन् । जहाँ अन्य व्यक्तिहरु पनि थिए ।

भिडियो रेकर्ड गरेको ६ महिनापछि (माघ १०) गते मात्रै रविनले फेसबुकमा अपलोड गरेका हुन् । रविनले भिडियो चितवन पुगेर घरबाटै अपलोड गरेका थिए । फेसबुकमा भिडियो तत्कालै भाइरल भयो । जताततैबाट रविनलाई गाली आयो । गाली गर्न थालेपछि रविनले सोही दिन बेलुका ९ः२७ बजे एउटा स्ट्याटस राख्दै माफी मागेका छन् ।

‘दाइभाइ सरी क्या यार । जे भएपनि मिस्टेकले भएको थियो । भाइरल नगर्नु न हौ भिडियो । इट्स जस्ट फनी भिडियो हो । सोधेर गरेको’ भन्दै फेसबुकमा स्ट्याटस लेखेका छन् । भिडियोमा यस्तो हर्कत गर्ने उनको अनुहार भने देखिँदैन । भिडियो अपलोड गरेको केही दिनपछि रविन काठमाडौँ फर्के । अश्लिल भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सामाजिक सञ्जालकर्ताहरुले सामाजिक सञ्जालमै गालीगलौज गर्न थालेपछि रविन काठमाडौँबाट २०१९ फेब्रुअरीमा सिधै भारत भागे ।

भागेर भारत पुगेका रविनले दिल्लीमा करिब ३ महिना मोमो फ्याक्ट्रीमा काम गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । त्यसपछि रविन दिल्लीबाट कास्मिर पुगे । करिब ४ महिनाको कास्मिर बसाइपछि रविन नेपाल फर्के । चितवनस्थित आफ्नै घरमा आएर बसे ।हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य फालेका रविनको खोजी गर्न प्रहरीलाई त्यति सजिलो थिएन । एक वर्षसम्म प्रहरीले ती रविनको खोजी गर्न कहाँसम्म पुगेन र के सम्म गरेन ?

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो । अनुसन्धानकै क्रममा रविनलाई सोमबार चितवनस्थित घरबाटै प्रहरीले पक्राउ गर्न सफल भयो । पक्राउ परेका रविनलाई मङ्गलबार महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । रविनमाथि साइबर अपराध कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिनेछ ।

#रातोपाटीबाट

 

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्