Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय समितिमा ५ सांसदको उपस्थित, बैठक नै नबसी फर्किए मन्त्री

राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिमा बैठक संचालनका लागि सदस्य सांसदहरुको आवश्यक सङ्ख्या (कोरम) नपुगेपछि बैठकमा आएका मन्त्री त्यतिकै फर्कनु परेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायत मन्त्री वसन्त नेम्वाङलाई छलफलका लागि बोलाइएको थियो । छलफलका लागि मन्त्रीसहित मन्त्रालयका सचिव तथा सहसचिवको टोली निर्धारीत समयमा नै सिंहदरवारस्थित संसदीय समितिको कक्षमा पुगेका थिए ।

तर, बैठकमा समितिका सदस्य सांसदहरु नै उपस्थित नभएपछि मन्त्रीको टोली त्यतिकै फर्कनु परेको हो ।

समितिकी सभापति तारादेवि भट्टले कोरम नपुगेका कारण बैठक संचालन हुन नसकेको जानकारी दिइन् । उनीसहित समितिमा मात्र ५ सांसद उपस्थित थिए । बैठकमा भट्टसहित दिनानाथ शर्मा, कालीबहादुर मल्ल, खीमबहादुर वकलगायत थिए ।

सांसदहरुले संसद सचिवालयले बैठकबारे सांसदहरुलाई समयमा नै जानकारी नगराएका कारण यस्तो अवस्था आएको गुनासो गरे । गत पुस २० गते संघीय मामिला तथा समान्य प्रसाशन मन्त्री हृदयेश त्रीपाठीलाई यहि समितिको बैंककमा बोलाइए पनि उनी आएका थिएनन् ।

मन्त्री नआएपछि समिति सभापति तारादेवी भट्ट्ले मन्त्रीले समितिलाई नटेरेको भनेर आक्रोश पोखेकी थिइन् । साथै बोलाएको मन्त्री आउने निश्चित नभै बैठक नराख्ने बताएकी थिइन् ।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्