Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व ब्याटमिन्टन वरीयताको ११ औं स्थानमा उक्लिए प्रिन्स

काठमाडौं- नेपालका युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालले जुनियरतर्फको विश्व वरीयतामा तीन स्थान सुधार गरेका छन् ।

विश्व ब्याटमिन्टन महासंघले मंगलबार जारी गरेको ब्याटमिन्टन (जुनियरतर्फ) को वरीयतामा उनी ११ औं स्थानमा उक्लिएका हुन् । उनले ८ हजार ८ सय ४५ अंक पाएका छन् ।

गत साता उनी ७ हजार ४ सय ७५ अंकसहित १४ औं स्थानमा थिए ।

जुनियरतर्फ वरीयताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ छन् भने दोस्रोमा चीनका लिउ लियाङ छन् ।

प्रिन्सले पछिल्लो समय ब्याटमिन्टनको जुनियरतर्फको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

उनी अघिल्लो साता काठमाडौंमा सम्पन्न प्रेसिडेन्ट कप इन्टरनेसनल ब्याडमिन्टन सिरिजअन्तर्गत यु-१९ को फाइनलमा पुगेका थिए । उनी फाइनलमा तेस्रो वरीयताका भारतका मेइराबा लुवाङसँग पराजित भएका थिए ।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्