Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीद्वारा स्थानीय तहलाई सम्मान

समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाउँदै नेपाल प्रहरीले पर्वत जिल्लाका सातवटै स्थानीय तहलाई सम्मान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले यहाँका दुई नगरपालिका र पाँच गाउँपालिकालाई प्रशंसापत्रले सम्मान गरेको हो ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी, फलेवास नगरप्रमुख पदमपाणि शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, विहादी गाउँपालिकाका उपाध्यक्ष डम्बरकुमारी गुरुङ र महाशीला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैलाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो ।

विसं २०७५ कात्तिकदेखि शुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम १२ वटा विधामा सञ्चालन भएका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गण्डकी प्रदेशमा नै कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँका स्थानीय तहका सहयोग ऐतिहासिक रहेको उनले बताए ।

जिल्ला समन्वय समितिका संयोजक मनोहर बि पौडेलले समुदाय-प्रहरी साझेदारी कार्यक्रम सफल भएको बताए । फलेवास नगरपालिकाका नगरप्रमुख शर्माले समुदायका हरेक पक्षमा प्रहरी अनिवार्यजस्तै भइसकेको अवस्थामा प्रहरीलाई साधन र स्रोतले सम्पन्न गराउनुपर्ने बताए ।

कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्णले जलजला गाउँपालिकामा इलाका प्रहरी कार्यालय स्थापनाको माग गरे ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले समुदायलाई सचेतीकरण गर्नका कार्यक्रम सफल भएको बताए ।

प्रकाशित मिति: Jan 14, 2020

प्रतिक्रिया दिनुहोस्