Logo
४ बैशाख २०८१, मंगलबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी ३ लाई पराजित गर्दै दुहबी ९ सेमीफाइनलमा

सुनसरीको दुहबीमा जारि दोश्रो मेयरकप फूटबल प्रतियोगिताको सोमबार भएकोे अन्तिम क्वाटरफाइनल खेलमा दुहबी वडा नम्वर ९ ले दुहबी वडा नम्वर ३ लाइ २–१ गोल अन्तरले पाखा लगाउँदै सेमी फाइनलमा प्रवेश गरेको छ ।

खेलको १३ औ मिनेटमा दुहबी ९ का खेलाडी अजाद रैनले १ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । यसैगरी २८ औ मिनेटमा दुहबी वडा नम्बर ९ कै अरमान हुसेनले १ गोल गर्दै आफ्नो टिमलाई बिजय बनाए । ३१ औ मिनेटमा दुहबी ३ का खेलाडी पदम राज राईले १ गोल गरे ।
खेलको उत्कृष्ट खेलाडी दुहबी ९ का मो.आजाद हुसैन लाई दुहबी ९ का वडाध्य्क्ष मेहदि हुसैनले नगद १ हजार सहित मेडल प्रदान गर्नु भयो ।

मंगलवारको पहिलो सेमि फाइनल खेल दुहबी वडा नम्बर १ र दुहबी वडा नम्वर १० का बिच हुनेछ । बुधवारको दोस्रो सेमीफाइनल खेल दुहबी ९ र दुहबी ११ का बिच हुँनेछ । फाइनल खेल शुक्रबार हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा प्रथम हुनेले उपाधी सहित १ लाख नगद र उप बिजेताले ५० हजार पाउनेछन् ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्