Logo
१५ चैत्र २०८०, बिहीबार
(January 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक लिम्बुको नयाँ गीत “बिहानीको शितल” सार्वजनिक ( भिडियो सहित)

गायक दिपक लिम्बुको नयाँ गीत “बिहानीको शितल” सार्वजनिक भएको छ । रोमाण्टिक भर्सनको यस गीतमा गायक लिम्बुले आफुलाईमन पर्ने व्यक्ति प्रति प्रेमभाव दर्शाएका छन ।

गीतमा स्वर दिपक लिम्बुको रहेको छ भने , शब्द हाल अमेरिकामा बसोबास गर्दै आइरहेका बालकृष्ण न्यौपानेको रहेको छ । गीतमा मिठोसंगीत भर्ने काम सुनिल राईले गरेका हुन् । बिनोद भुजेलले संगीत संयोजन गरेका हुन् ।

“बिहानीको शितल” एल्बम भित्र संग्रहित गीतको म्युजिक भिडियो लाई बिके क्रियशन नामक युट्युव च्यानल मार्फत सार्वजनिकगरिएको छ । दुर्गा धिमाल न्यौपानेको निर्माणमा भिडियो तयार भएको हो ।

म्युजिक भिडियोमा सनम कठायत र सुशिला थापाको अभिनय रहेको छ । भिडियोमा मुकेश हुमागाईको छायांकन रहेको छ ।

टेकेन्द्रशाहले भिडियोलाई सम्पादन गरेका हुन् । अन्जन शर्माको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो ।

नयाँ प्रतिभालाई प्रोत्शाहानगर्दै गीत र भिडियोलाई माया गरिदिन गीतकार न्यौपानेले आग्रह गरेका छन ।

प्रकाशित मिति: Jan 13, 2020

प्रतिक्रिया दिनुहोस्