Logo
१३ बैशाख २०८१, बिहीबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैनामैनामा आयोजित ‘मम्मी डान्स प्रतियोगिता’को उपाधि कल्पनालाई

रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगिताको उपाधि कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।

चौंथो राष्ट्रिय सैनामैना कृषि ,पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै बुटवलकी कल्पनाले उक्त उपाधि जितेकी हन् ।

उनलाई ताज, नगद २० हजार रुपैयाँ, प्रमाणपत्रसहित सम्मानपत्र प्रदान गरिएको छ ।

सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री, नेपाली कांग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिव दिपक अधिकारी ,संघका सचिव हिमाल गैरे, डान्स प्रतियोगिताकी संयोजक चन्दा भण्डारीलगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय सफल भए ।

उनीहरूले क्रमशस् नगद १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १७ सहभागीमध्येबाट पहिलो दिनको नाचबाट १० जना दोस्रो चरणका लागि छनोट भएका थिए ।

डुम्रे यसअघि बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।

त्यस्तै महोत्सवमा,राष्ट्रिय कलाकार पशुपति शर्मा, रितु थापा,शारदा पगेनी, पुरुषोतम पौडेल, रविना बस्याल लगायतको प्रस्तुति,डान्स आइडलसमेत भएको सांस्कृतिक उपसमिति संयोजक हिमाल गैरेले बताए ।

२ सय २० स्टल रहेको मेलामा करीब २ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिव दिपक अधिकारीले जानकारी दिए ।

राष्ट्रिय ‘आर्थिक विकासका राष्ट्रिय आधार, कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सव माघ ६ गतेसम्म चल्ने हुने प्रचारप्रसार संयोजक लोकनाथ अधिकारीले बताए ।

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्