Logo
८ बैशाख २०८१, शनिबार
(January 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवलपरासीको फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा

नवलपरासीमा भेटिएको फलाम खानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयको उद्योग विभागका सचिव याम कुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी पनि तयार भइसकेको बताइन्।

फलामको उत्खनन र प्रशोधनका लागि कम्पनी कडा गरिएको उनले बताइन् । ‘गुणस्तर सम्बन्धी विषयको सफल परीक्षण भइसकेको छ।

डिपोजिट पर्याप्त मात्रामा छ भन्नेपनि आइसकेको र नमुना परीक्षणपनि सफलताका साथ भइसकेको छ ।

अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ । उत्खनन र प्रशोधनका लागि कम्पनी खडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ’, उनले भनिन् ।

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ ।

४ महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यवसायीक रुपमा थाहा हुने उनले बताइन् ।

दैलेखमा मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Jan 12, 2020

प्रतिक्रिया दिनुहोस्