Logo
११ बैशाख २०८१, मंगलबार
(January 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी ११ मेयर कपको सेमिफाइनलमा

सुनसरीको दुहबीमा जारी दोस्रो मेयर कप फुटबल प्रतियोगिता अन्तरगत शनिबार भएको दोस्रो क्वाटर फाइनल खेलमा दुहबी वडा नम्वर ११ ले दुहबी वडा नम्वर २ लाइ १–० गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुहबी ११ का खेलाडी इन्द्र कुमार उराँवले खेलको दोस्रो हाफ पछिको ७४ औं मिनेट्मा १ गोल गर्दै आफ्नो टिम दुहबी ११ लाई बिजय बनाएको हो । खेलको उत्कृष्ट खेलाडी दुहबी वडा नम्वर ११ का खेलाडी इन्द्र कुमार उराँवलाइ दुहबी २ का वडाध्यक्ष अरबिन्द बिश्वासले नगद १ हजार सहित मेडल प्रदान गर्नुभयो ।

दुहबी नगर पालिकाको आयोजना तथा एलेभेन एरोज क्लब दुहबीको संयोजनमा हुने आइतबारको तेस्रो क्वाटर फाइनल खेल दुहबी वडा नम्बर १ र वडा नम्बर ४ का बिच हुने छ । प्रतियोगिताको बिजेताले मेयरकपको उपाधी सहित १ लाख र उप बिजेताले ५० हजार पाउने छन ।

प्रकाशित मिति: Jan 11, 2020

प्रतिक्रिया दिनुहोस्