Logo
११ बैशाख २०८१, मंगलबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा नै राख्ने निर्णय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा नै राख्ने निर्णय गरेको छ। नेकपा सचिवालयले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गर्न निर्देशन दिएको थियो।

आज बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशन अनुसार राजधानी हेटौंडा र नाम बाग्मती राख्ने निर्णय गरेको प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

तर पार्टी केन्द्रको यस्तो निर्देशनप्रति असहमत सांसदहरुले भने आफ्नो फरक मत दर्ज गरेका उनले बताइन्। ‘पार्टी सचिवालयको निर्देशन यताउती नगरौँ भन्ने भयो, तर केही साथीहरुले यो ऐतिहासिक महत्वको विषयमा फरक मत दर्ज गर्ने भन्नुभएको छ’, शाक्यले भनिन्।

प्रदेशसभाको बैठकमा पनि यो निर्णयमा असहमत सबै सांसदहरुलाई आफ्ना धारणा राख्न दिने सहमति भएको उनले बताइन्।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्