Logo
१५ चैत्र २०८०, बिहीबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश सरकारले माघ १ मा सार्वजनिक बिदा दिने

गण्डकी प्रदेश सरकारले १ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को २४ पुसमा बसेको बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रामशरण बस्नेतले सार्वजनिक बिदासहित विभिन्न ८ निर्णय गरेको बताए । उनका अनुसार माघेसंक्रान्ति अवसरमा सार्वजनिक बिदा निर्णय गरिएको हो ।

यस्तै, कर्मचारीको पदस्थापन तथा सरुवासम्बन्धी मापदण्ड २०७६ स्वीकृत गर्ने निर्णय गरिएको छ । प्रदेश समन्वय परिषद्को बैठक खर्चको रकमान्तर स्वीकृत र खर्च गर्ने निर्णय गरिएको छ । होम स्टे संचालनसम्बन्धी विधेयक तर्जुमा लागि सैद्धान्तिक स्वीकृति दिइएको छ ।

मन्त्री बस्नेतले गण्डकी प्रदेशमा प्राविधिकतर्फ स्वास्थ्यका बाहेक अन्य सबै क्षेत्रमा आवश्यक कर्मचारी पुगेको जानकारी दिँदै भने, ‘केही कर्मचारी लोक सेवा आयोगबाट नियुक्ति हुनेछन् भने केही आन्तरिक तवरबाट पदपूर्ति गरिने छ ।’

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्