Logo
७ बैशाख २०८१, शुक्रबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ३ को राजधानी अन्तत: हेटौडा नै कायम

हेटौडा : अन्तत नेकपा प्रदेश ३ संसदीय दलले प्रदेश ३ को राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । नेकपा प्रदेश ३ को शुक्रबार बसेको संसदीय दलको बैठकले राजधानी र नामबारे पार्टी केन्द्रले दिएको निर्देशनअनुसार नै निर्णय गरेको हो ।

बैठकपछि प्रदेश ३ का मुख्यमन्त्री समेत रहेका नेकपा प्रदेश ३ संसदीय दलका नेता डोरमणी पौडेलले राजधानी र नामबारे हेटौंडा र वागमतीमा सहमति भएको बताए । यसअघि प्रदेश ३ को राजधानी हेटौडा राख्न नेकपा सचिवालयले निर्देशन दिएको थियो ।

उक्त निर्देशनप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका थिए । नेकपा प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्यले केन्द्रले गरेको निर्णय प्रकृया नमिलेको भन्दै दलको बैठकमा व्यापक छलफल गरेर सहमति निकालिएको बताइन् ।

राजधानी तोक्ने विषयमा विवाद चर्किएपछि नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले दुई पटकसम्म हेटौंडाको पक्षमा उभिन निर्देशन समेत दिएका थिए ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्