Logo
१२ बैशाख २०८१, बुधबार
(January 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै भरुवा बन्दुकको छर्रा लागेर १ व्यक्तिको मृत्यु

बाग्लुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर १ व्यक्तिको मृत्यु भएको छ ।

छर्राले घाइते भएका तमानखोला गाउँपालिका-१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बाग्लुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

अस्पताल र्पुयाउँदा उनलाई मृत घोषणा गरिएको थियो । घरछेउको जंगलमा बाँदर लखेट्न भन्दै भरुवा बन्दुक बोकेर निस्केका घर्ती बिहीवार दिउँसो २ बजे बन्दुक पड्केर छर्राले लाग्दा घाइते भएको स्थानीयले बताएका छन् ।

उनको बायाँ हात, खुट्टा र पिडौंलामा चोट लागेको थियो । घटनालगत्तै स्थानीयले घर्तीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बिहीवार राति अञ्चल अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताए ।

घर्तीले प्रयोग गरेको भरुवा बन्दुक दर्ता भएरनभएको विषयमा समेत प्रहरीले अनुसन्धान थालेको छ ।

बाँदर लखेट्न भनिएपनि घटना घट्नुको कारणका विषयमा पनि अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ ।

मृतक घर्तीको शव अञ्चल अस्पतालमा राखिएको छ । आवश्यक अनुसन्धान र परीक्षणपछि शवलाई परिवारको जिम्मा लगाइने भट्टराईले बताए ।

प्रकाशित मिति: Jan 10, 2020

प्रतिक्रिया दिनुहोस्