Logo
७ बैशाख २०८१, शुक्रबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना प्रविधि विधेयकबारे सडकदेखि सदनसम्म छलफल गर्न तयार छु : गगन थापा

काठमाडौं : सूचना प्रविधि विधेयकबारे नेपाली कांग्रेसका नेता गगन थापाले आफूहरु सडकदेखि सदनसम्म छलफल गर्न तयार रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विधेयक नपढी टिप्पणी गरिएको भनी दिएको सार्वजनिक अभिव्यक्तिको विरोध गर्दै थापाले विधेयकमाथि बहस गर्न चुनौती दिए ।

नेता थापाले सञ्चारमन्त्रीकै शैलीमा भने ‘नपढी आयो भनेर हामीलाई हेप्नी ?’ विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले गरेको विरोध कार्यक्रममा थापाले प्रधानमन्त्रीले काम गर्न नसकेका कारण विरोधीको मुख थुन्न यो विधेयक ल्याएको टिप्पणी गरे ।

‘मन्त्रीज्यूलाई भन्न चाहन्छु छलफल गर्ने हो ? संसदमा गर्ने हो ? माइतीघरमा गर्ने हो ? हामी तयार छौं ’ उनले  भने ।

‘प्रधानमन्त्री लुते भएर यो विधेयक आएको छ, काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आएको गालीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो’ उनले भने । विधेयक जस्ताको तस्तै पारित भयो भने सरकार र सत्तारुढ पार्टीको गुणगान गाउनेहरु मात्र टिक्ने थापाले जिकिर गरे ।

‘विधेयक जस्ताको तस्तै पारित भयो भने ‘श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् ।’

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्