Logo
१५ चैत्र २०८०, बिहीबार
(January 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश-३ को राजधानीबारे अन्तिम निर्णय गर्न नेकपा संसदीय दलको बैठक

प्रदेश ३ को नाम र राजधानीबारे अन्तिम निर्णय गर्न नेकपा प्रदेश ३ को संसदीय दलको बैठक जारी छ । बिहानैबाट सुरु भएको दलको बैठकमा नेकपाले आफ्ना सांसदहरुलाई केन्द्रीय निर्णय लागु गर्न ह्वीप लगाउने तयारी गरेको छ ।

मुख्मन्त्री निवासमामा बसिरहेको संसदीय दलको बैठकले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गर्ने तयारी गरेको एक सांसदले बताए ।

नेकपाको केन्द्रीय सचिवालयले प्रदेशको राजधानी हेटौँडा र नाम वागमती राख्न निर्देशन दिएको थियो । यो निर्देशनप्रति केही सांसदहरुले असन्तुष्टि जनाएपनि असन्तुष्ट सांसदहरुले पार्टी निर्णय अस्वीकार गर्न नसक्ने भन्दै वोली फेरेका छन् ।

प्रकाशित मिति: Jan 9, 2020

प्रतिक्रिया दिनुहोस्