Logo
१५ चैत्र २०८०, बिहीबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारिताका नाममा केहिले जनकपुरमा गुण्डागर्दी मच्चाएका छन् : मेयर साह

प्रदेश २ स्थित जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पत्रकारिताका नाममा केहिले जनकपुरमा गुण्डागर्दी मच्चाएको आरोप लगाएका छन् । उनले पत्रकार भन्दैमा दादागिरी गर्ने, आतंक मच्चाउने, बिना पुर्वजानकारी कुनै निकायप्रमुखको कार्यकक्षमा गई हुलदुङ्गा गर्ने अधिकार नभएको बताए ।

“पत्रकारको पनि एउटा मर्यादा हुन्छ, पत्रकार सम्मेलनमा प्रश्न सोधोस्, समय लिएर कार्यालयमा आओस् वा अति आवास्यक भए टेलीफोनमा प्रतिक्रिया लिओस्” उनले भने -यहाँ समाचारको खेती कम र ब्यार्गेनिङ्ग, ब्ल्याकमेलिङ्ग, गुण्डागर्दी, धज्या उडाउने धम्की बढी हुने गरेको छ ।

नागरिक टाइम्ससँगको कुराकानीमा उनलेे भने- “९५% पत्रकारले पत्रकारिता नै गर्छन् तर केहि पत्रकारले ठूला मिडियाका नाममा आतंक मच्चाएका छन् ।” उनले भने -“हामीले मिडियासँग सोधेर कुनै काम गर्नुपर्ने होईन, आफ्नो निति नियममा बसेर काम गर्ने हो । त्यसमा कुनै प्रतिक्रिया भए नियमसंगत आओस् हामी जवाफ दिन्छौं तर ठेकेदारी प्रथाको हामी विरोधी हौं ।

“यहाँ त ठुला मिडियामा काम गर्छु भन्दै ठेकेदारी पो देखाउछ्न, पत्रकार भन्दैमा सबै कुरा छुट छ र ? जति बेला मन लाग्यो त्यतीबेला कसैको कार्यकक्षमा गई हुलदुगा गर्न पाईन्छ ?” प्रती प्रश्न गर्दै उनले भने – “पत्रकारिताको हामी सम्मान गर्छौं तर पत्रकारिताको आवरणमा हुने ठेकेदारीप्रथाको हामी विरोध गर्छौं, यस्तालाई एक्सपोज गर्छौं, सामना गर्छौं, यस्तासँग डराउने होइन ।”

कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएको खबर हावादारी भएको र योजनाबद्ध समाचार भएको उनले बताए ।

तर पत्रकारहरुले भने मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले पत्रकारलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघका जिल्ला सभापति अनिल मिश्र तथा पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास वर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो ।

प्रकाशित मिति: Jan 8, 2020

प्रतिक्रिया दिनुहोस्