Logo
१५ चैत्र २०८०, बिहीबार
(January 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एनसेलको फेरि अर्को कर काण्ड : १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी

साढे १८ अर्ब बाँकी कर एनसेलले अझै तिरेको छैन । राजस्व लक्ष्य भेट्न सरकारलाई अप्ठ्यारो परिरहेको बेला बाँकी लाभकर उठाउन  सरकार लागिपरेकाेे छ ।

लामो समयसम्म पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेललाई ठूला करदाताको कार्यालयले पुरा कर तीर्न पछिल्लो समय दबाब दिएकाे हो  ।

दबाबपछि किस्ताकिस्तामा गरी चार महिनामा बाँकी कर तीर्न एनसेल तयार बनेको समाचार स्राेत बताउछ ।

ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार चार किस्तामा सबै रकम भुक्तानी गर्नेबारे एनसेलले प्रतिबद्धतासहित निवेदन जाहेर गरेको छ ।

यसबारेमा निर्णय हुनेछ । केही दिनअघि २० प्रतिशत कर बुझाएको एनसेलले १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ । उक्त निवेदनका विषयमा आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर निर्णय गरिने बताइएको छ ।

एनसेलले तिर्नुपर्ने कुल २२ अर्ब ४४ करोड पुँजीगत लाभकरमध्ये १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ । सो रकमको हिसाब गर्दा चार महिनामा तिर्दा प्रत्येक महिना २३ करोड ब्याज लाग्नेछ । पाँच प्रतिशत थपिँदा उक्त ब्याज रकम २७ करोडसम्म हुनेछ ।

प्रकाशित मिति: Jan 7, 2020

प्रतिक्रिया दिनुहोस्