Logo
४ बैशाख २०८१, मंगलबार
(January 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयर साहले आफ्नै कार्यकक्षमा ढोका थुनेर पत्रकार कुटिएपछि जनकपुरमा तनाव

प्रदेश २ स्थित जनकपुरका मेयर लालकिशोर साहको कार्यकक्षमा ढोका थुनेर पत्रकारमाथि कुटपिट भएपछि जनकपुर उपमहानगरपालिकामा तनाव उत्पन्न भएको छ ।

जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको हो ।

नेपाल पत्रकार महासंघका जिल्ला सभापति अलिन मिश्र तथा पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास वर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो ।

घटनापछि पत्रकारहरूले एकजुट भएर विरोध जनाइरहेका छन् ।  प्रहरी समेत घटनास्थलमा पुगेको छ ।

‘मेयरले गुण्डा लगाएर हेल्मेट र पाइपले कुटे,’ पिटाइ खाएका पत्रकार मिश्रले नगरिक टाइम्ससँ भने । घटनापछि मेयर साहको कार्यकक्षबाहिर तनाव छ ।

प्रकाशित मिति: Jan 7, 2020

प्रतिक्रिया दिनुहोस्