Logo
१३ बैशाख २०८१, बिहीबार
(January 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतलाई नै दिनुपर्छ : सुजाता कोइराला

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको नाममा स्थापित कोइरालाकी छोरी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन् ।

आइतबार राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा धमलासँग कुरा गर्दै नेतृ कोइरालाले यस्तो कुरा बताएकी हुन् ।

उनले भनिन्,‘नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ, यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन् ।

यसको लागि दुवै पक्षबीच वार्ता गर्नुपर्छ । नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो त्यो भएको छैन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्यो ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको सुनाईन् । उनले भनिन्,‘भारतसँग नेपालले यी भूमी फिर्ता गराउन सक्दैन् ।

त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ भने समस्याको समाधान गर्नुपर्छ । हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतलाई लिजमा दिने र उनीहरुको जमिन हामीले लिने (साटासाट) गरेर जानुपर्छ ।’

उनले अहिले कांग्रेसको भारतसँगको सम्बन्ध बिग्रेको टिप्पणी गरिन् । उनले भनिन्,‘भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भनेर हिँड्ने मान्छे मै हुँ । हाम्रो पार्टीमा भारतसँग मिलाउने व्यक्ति पनि मै हुँ, तर पार्टीले मलाई कुनै जिम्मेवारी दिएन् ।’

उनले पार्टी सभापति शेरबहादुर देउवा असफल सभापति भएको पनि आरोप लगाईन् । उनले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक भएर बस्नुपर्ने सुझाव दिईन् ।

उनले भनिन्,‘अब पार्टीको नेतृत्वमा नयाँ पुस्ता र नयाँ फेश आउनुपर्छ ।’ पछिल्लो समय सभापति देउवाले गल्ती गरेको पनि उनको आरोप छ ।

उनले थपिन्,‘उहाँले पेलेर लैजान खोज्नुभयो । यो गलत हो । रामचन्द्र पौडेल समूहपनि केन्द्रिय समितिको बैठकमा जानुपर्छ । उहाँहरुले पनि आफ्नो कुरा केन्द्रिय समितिको बैठकमा राख्नुपर्छ ।

सभापतिले पनि छलफलको लागि नेताहरुलाई बोलाउनुपर्छ । हामी पनि जानुपर्छ । म त जाने तयारी छु । त्यहीँ गएर कुरा राख्छु ।’

प्रकाशित मिति: Jan 6, 2020

प्रतिक्रिया दिनुहोस्