Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लाको स्थानीयवासीले निगालोबाट निर्मित सामग्री बनाउन शुरु

जुम्लाको तिला गाउँपालिका, रारा लिही र हिमा गाउँपालिकाका स्थानीयवासीले निगालोबाट निर्मित सामग्री बनाउन थालेका छन् ।

पेस नेपालको सहयोगले स्थानीयस्तरमै उत्पादन हुने निगालोबाट दैनिक प्रयोगमा आउने डोको, नाङ्लो, मुडा, टोकरी, डालोलगायतका सामग्री बनाउन थालेका हुन् ।

घरायसी प्रयोगमा आउने सामग्रीको अध्ययन गर्नका लागि एकमहिने तालीम दिएका हौँ । तालीमबाट स्थानीयवासीले राम्रो काम गरेको र उनीहरुलाई व्यवसायमा कुनै कुराको सहयोग गर्न आफू र आफ्नो संस्था तयार भएको संस्थाका अध्यक्ष किशोर न्यौपानेले बताए ।

पेस नेपालले विकट तिला गाउँपालिकामा एकदमै स्मरणीय कार्यक्रम गरेकामा आफू र आफ्नो गाउँपालिकाका तर्फबाट खुशी व्यक्त गरे ।

नेपालगञ्ज, सुर्खेतबाट आयात हुने गरेको मुढा, दराज, कुर्सी, डोका र नाङ्लो जस्ता सामग्री गाउँमै उत्पादन हुन थालेपछि स्थानीयवासीको जीवनस्तरमा सुधार आउने हिमा गाउँपालिका-६ का जनकबहादुर रोकायाले बताए ।

गाउँमै सामग्री निर्माण हुन थालेपछि उद्योग दर्ता गरी सञ्चालनमा ल्याउने तयारीमा रहेको उनले बताए ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्