Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : सांसद यादवद्वारा नगरपालिकाका प्रशासकीय अधिकृत महतोलाई मार्ने धम्की !

सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ख का प्रदेश सभा सदस्य सञ्जय यादवले कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार महतोलाई ज्यान मार्ने धम्की दिएपछि एक सातादेखि कामकाज ठप्प भएको छ ।

सदस्य यादवले आफूअनुकूलको काम नगरेकाले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत महतोले आरोप लगाए ।

आफूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नगर कार्यपालिकाले नगरसभाबाट अनुमोदन गरेको योजना कार्यान्वयन गर्न खोज्दा प्रदेशसभा सदस्य यादवले धम्क्याउने गरेकोले आफू त्यस ठाउँमा बसेर काम गर्न नसकेको महतोको भनाइ छ ।

नगरपालिकामा बसेर काम गर्ने वातावरण नभएकाले सरुवाका लागि उनी अहिले संघीय राजधानी काठमाडौंमा छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति: Jan 5, 2020

प्रतिक्रिया दिनुहोस्