Logo
८ बैशाख २०८१, शनिबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यहाँ उल्टो संघीय प्रणाली भयो, स्थानीय तह प्रदेश मातहत रहनैपर्छ : उपेन्द्र यादव

प्रतिपक्षी दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान नेपालको संघीय प्रणाली नै उल्टो अपाङ्ग भएको बताएका छन् ।

अध्यक्ष यादवले संविधान संसोधन गरी मुलुकलाई अग्रगामी दिशामा लैजानुको विकल्पन नभएको बताए । ‘संविधान जारी भएको बेला आधा भूभागमा दिपावली र आधा भूभागमा ब्याकआउट गरिएको थियो ।

यसलै सबैको अपनत्त ग्रहण गर्न सकेको छैन’ यादवले भने, ‘सबैले सबैलाई समेट्नुपर्छ । सबैको अपनत्व ग्रहण गर्नेगरी संविधान संसोधन गर्नुको विकल्प छैन ।’

अध्यक्ष यादवले उत्पीडित जनताको आन्दोलनले नै समावेशी लोकतन्त्रको अभ्यास सुरु भएको बताउँदै अध्यक्ष यादवले विविधताको आधारमा समावेशीता अगाडी बढाउनुपर्नेमा जोड दिए ।

शनिबार काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघ र आठवटा घटक संगठनहरुको समायोजन घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले त्यस्तो बताएका हुन् ।

गणतन्त्र, समावेशीता, लोकतन्त्र, नागरिक स्वतन्त्रता विनाको संघीयता अपाङ्ग हुने बताउँदै यादवले अहिलेको संघीय प्रणाली त्यस्तै रहेको टिप्पणी गरे ।

‘संघ र प्रदेशको बीचमा अधिकार बाँडफाँड, अधिकार र स्रोत साधन न्यून दिएर सङ्घीयता बलियो हुँदैन । संघीय प्रणालीमा तलबाट कति अधिकार दिन्छ, त्यो केन्द्रले लिने हो’ अध्यक्ष यादवले भने, ‘स्थानीय तह प्रदेश मातहत रहनैपर्छ तर हाम्रो देशमा उल्टो भएको छ ।’

‘जातीय, भाषिक, साँस्कृतिक जुन विविधता छन्, यिनलाई सम्बोधन गर्न समावेशीता अगाडी बढ्नुपर्छ । अहिले त्यो भैरहेको छैन, समावेशीतालाई कमजोर पार्ने क्रम सुरु भएको छ’ यादवले भने, ‘संघीयता र समावेशीता बलियो भएमात्र समृद्धि सम्भव छ ।’

कार्यक्रममा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रकम चेम्जोङ, नवराज सुवेदी, हिसिला यमीलगायत पदाधिकारी तथा तथा केन्दरीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Jan 4, 2020

प्रतिक्रिया दिनुहोस्