Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अहिलेको सिमाङ्गकनलाई हामिले मानेकै छैनौं, झापा-मोरङ-सुनसरी मधेशकै अङ्ग : महतो

राष्ट्रिय जनता पार्टीले पेलेर हालको संविधान लागु गरिएकाले सिमाङ्गकनका लागि आन्दोलन जारी राख्ने र समग्र मधेश २ प्रदेशको अवधारणा अघि सार्ने दस्तावेज सार्वजनिक गर्ने भएको छ ।

‘झापा-मोरङ-सुनसरी र उदयपुर मधेशकै अङ्ग हो’ राजपाका अध्यक्ष राजेन्द्र महतोले भने -यो सिमाङ्गकनलाई हामिले मानेकै छैनौं हाम्रो अवधारणा त १० प्रदेशको हो जहाँ समग्र मधेश २ प्रदेश हुनेछ ।’

राजपाको अवधारणा स्पष्ट छ ‘की हामिले सिमाङ्गकनको माग छोड्नु परो की झापा–मोरङ–सुनसरी र उदयपुरलाई राज्यले प्रदेश १ को अङ्ग मोपनि हामिले मधेश अर्थात हालको प्रदेश २ कै अङ्ग मान्नु परो’ अध्यक्ष मण्डलको बैठकमा उनले भने तर्सथ झापा–मोरङ–सुनसरी र उदयपुरलाई समेटिएको राष्ट्रियसभा केन्द्रित दस्तावेज हामिले सार्वजनिक गर्नै पर्दछ ।

राजपा नेताहरुका अनुसार चितवन पुर्व पुर्वी मधेश र चितवन पश्चिम अर्को मधेशको अवधारणा राजपाको रहेको छ । ‘पार्टी १० प्रदेश पक्षधर भएको र सोको निम्ति ६/६ महिना लामो आन्दोलन गरेको तथा संविधान संशोधनका लागि पनि मुख्यतः सिमाङ्गक संशोधनक मुद्दा रहेकोले सोही मुद्दालाई जिवित एव अझ उर्जा प्रदान गर्न राज्यले हालको १ नम्बर प्रदेशमा रहेको झापा-मोरङ-सुनसरी र उदयपुरलाई पनि राजपाले मधेस प्रदेश नै मानेको छ’ ।

राष्ट्रिय सभा केन्द्रित दस्तावेजमा भनिएको छ २ नम्बर प्रदेश बाहिर परेका ती जिल्लाहरुबाट कम्तीमा एक जना उम्मेदवार बनाइने छ । किनभने सिमाङ्गकन समेत संविधान संशोधनकै लागि मधेशका जनताले शहादत दिएका छन ।

दस्तावेजमा भनिएको छ – ‘तत्कालिन अवस्थामा हामिले उक्त जिल्लाका मधेशीलाई निर्वाचन बहिस्कार गर्न अह्वान गरेकै हो जसकारण हालको प्रदेश १ मा राजपाको कुनै प्रतिनिधि छैन तर्सथ पनि राष्ट्रिय सभाको निर्वाचन राजपाका लागि अवसर बनेको छ ।’

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्