Logo
६ बैशाख २०८१, बिहीबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्ययन प्रतिवेदन भन्छ – ‘सानै उमेरमा कार चलाउन थाल्नेहरू बढी सेक्स गर्छन्’

हालै आएको एक अध्ययन प्रतिवेदनका अनुसार, कार र सेक्स लाइफबीचको यो सम्बन्ध निकै गरमागरम छ । अध्ययनमा संलग्न अनुसन्धानकर्मीहरूका अनुसार, कुनै मानिसले सानै उमेरमा कार किनेमा उसको अभिमान बढ्छ ।

कार उसका लागि स्टेटस सिम्बोल बन्छ र जोडीलाई त्यही कुराले पनि आकर्षित गर्छ । अध्ययनका अनुसार, कम उमेरमा कार लिनेहरूको यौनेच्छा र यौनकर्मको सम्भावना दुवै बढेको हुन्छ ।

मेक्सिकोमो कोलिमा विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको यस अध्ययनले कार हुने मानिसमा यौनेच्छा र यौनकर्म दुवैमा वृद्धि भएको पायो ।

अध्ययनका प्रमुख डेभिड हर्नान्डेजले भने, ‘किशोरावस्थामै कार मालिक बन्दा त्यसले सेक्सुअल इन्हान्सरको काम गर्छ । महिलाहरूले पनि कार भएको पुरुषलाई महत्त्व दिन्छन् ।’

सेक्सुआलिटी रिसर्च यान्ड सोसल पोलिसी नामक जर्नलमा प्रकाशित यस अध्ययनका लागि अनुसन्धानकर्ताहरूले पश्चिमी मेक्सिकोको विश्वविद्यालयका १७ देखि २४ वर्ष उमेरका ८०९ विद्यार्थीसँग यौनजीवनका विषयमा सोधपुछ गरे ।

त्यसक्रममा विद्यार्थीहरूसँग उनीहरूको यौन व्यवहारका साथै सामाजिक र आर्थिक पक्षका विषयमा प्रश्न सोधियो । त्यसपछि विद्यार्थीहरूलाई दुई समूहमा बाँडियो ।

तीमध्ये एकथरीसँग कार थियो भने अर्काथरीसँग थिएन । अध्ययनमा के देखियो भने कम उमेरमा कार किन्ने वा राख्नेहरूमा कामेच्छा अधिक थियो । अनि उनीहरूले कम उमेरमै सेक्स गर्ने सम्भावना बढी थियो ।

उनीहरूका सेक्सुअल पार्टनर पनि धेरै थिए र उनीहरू सानो अवधिमा धेरैपटक सेक्स गर्थे । कार नभएका मानिसभन्दा कार भएकाहरूले दुईगुणा बढी सेक्स गरे र उनीहरूका सेक्सुअल पार्टनर पनि बढी थिए ।

एजेन्सी

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्