Logo
१५ चैत्र २०८०, बिहीबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो पेन्टी र ब्रा राम्रोसँग नधोएको भन्दै पतिसँग डिभोर्स

संसारमा दिनप्रतिदिन अनौठा घटनाहरु सार्वजनिक भईरहेका छन् । जुन सुन्दा कोही अचम्ममा पर्छन्, त कोही मुर्छा परेर हास्छन्, भने कोही रुने पनि गर्दछन् ।

यस्तै एक अनौठो घटना सार्वजनिक भएको छ, जुन थाहा पाउँदा आश्चर्य मान्नुको विकल्प हुनेछैन ।

आफुले लगाएको ब्रा र पेन्टी राम्रोसँग नधोएको भन्दै श्रीमानसँग डिभोर्स नै गरेकी छन् ।

घटना विश्वासै गर्न गाह्रोपर्ने जस्तो छ । तर महिला आफैले सोसल मिडियामा शेयर गरिसकेपछि विश्वास गर्नैपर्यो । ती महिलाका अनुसार उनका लोग्नेले अल्छी नमानीकन दुबैजनाका कपडा धुने गर्दा रहेछन् ।

लोग्नेको यस्तो सहयोगी बानी सुरुमा त ती महिलालाई निकै मन पर्यो । उनले लोग्नेको प्रसंसा खुबै गर्थिन् । तर जब उनका पतिले भित्री वस्त्र समेत वासिङ मेसिनमा हालेर धुन थाले तब विवाद सुरु भयो ।

भित्री वस्त्रलाई वासिङ मेसिनमा हालेर धुनाले लुगा छिटै फाट्ने भन्दै उनले लोग्नेलाई भित्री वस्त्रहरु धुनका लागि मेसिनमा नहाल्न भनिन् ।

हातैले धुनुपर्ने भनेर प्रष्ट रुपमा ट्यागमा लेखेका भित्री वस्त्रसमेत आफ्नो लोग्नेले वासिङ मेसिनमा हालेर धुन थालेपछि उनको रिसको पारो तात्यो ।

उनले लोग्नेलाई धेरै सम्झाइन् त्यसो नगर्नका लागि । तर उनका पति मान्नेवाला थिएनन् । जसका कारण उनले आफ्ना लोग्नेसँग डिभोर्स गर्ने निधो गरिन् ।

दश वर्षअघि बिहे गरेकी उनले ब्रा तथा पेन्टी धुने विवादका कारण लोग्नेसँग डिभोर्स गर्ने निर्णय गरेको कुरा सोसल मिडिया मम्स नेटमा सार्वजनिक गरेपछि त्यसले ठूलै बहसको सिर्जना गरेको छ ।

लोग्नेले बढी माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स
पति पत्नीबीच झैझगडा हुँदा, मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डिभोर्स हुने गरेको त थाहा भएकै कुरा हो ।

तर यो दुनियामा केही महिला यस्ता पनि हुँदा रहेछन् जसले लोग्नेले बढि माया गर्दा पनि डिभोर्स माग्दा रहेछन् । पत्यारै नलाग्ने यो घटना युएइको हो ।

ती महिलाले आफ्नो लोग्नेसँग डिभोर्स माग्दा यस्तो कारण उल्लेख गरेकी छिन् कि त्यो सुन्दैमा अनौठो लाग्दछ । लोग्नेले आफुलाई आवश्यकता भन्दा धेरै माया गरेको उनको आरोप छ ।

एक वर्षअघि विवाह गरेकी ती महिलाले हालै अदालतमा डिभोर्सका लागि निवेदन दिइन् । लोग्नेले आफुलाई चाहिने भन्दा धेरै प्रेम गरेको र आफुलाई बढि प्रेम मन नपर्ने उनको तर्क छ ।

अदालतमा भएको बहसका क्रममा उनले इजलासमा भनेकी छिन्, ‘मेरो पति न त म सँग झगडा गर्छन्, न त मलाई कहिल्यै चिन्तित हुन दिन्छन् । लोग्नेले आफुलाई अत्यन्तै धेरै माया गर्दा म वाक्क भएँ र प्रेमकै कारण मेरो जिवन नर्क बन्यो । त्यसैले मैले डिभोर्स गर्ने निर्णय गरेकी हुँ ।’

लोग्नेको अत्यधिक प्रेम र स्नेहबाट आफु प्रताडित भएको उनको भनाई छ । बिहे भएको एक वर्षमा एकपटक पनि झगडा हुन नपाएको उनले बताएकी छिन् ।

डिभोर्स सम्बन्धी अनौठा कानुन, सुन्दैमा तिनछक परिन्छ

पति पत्नीबीचको सम्बन्ध विच्छेद अर्थात् डिभोर्स आफैमा अपि्रय घटना हो । डिभोर्सको विषयमा दुनियाका विभिन्न देशमा विभिन्न खाले चलन तथा नियम कानुन रहेका छन् ।

कतिपय देशहरु डिभोर्सका मामिलामा बढि महिलामैत्री छन् भने कतिपय देशहरुले पुरुषलाई अधिकार सम्पन्न बनाएका छन् । बेलायती अनलाइन मेट्रो डट को डट युकेका अनुसार डिभोर्स सम्बन्धी विश्वका केही अनौठा नियम कानुन यस्ता छन्ः

· साउदी अरबमा यदि कुनै महिलाले आफ्नो श्रीमानलाई हरेक बिहान मिठो कफी बनाएर खुवाइनन् भने श्रीमानले उनलाई तलाक दिन पाउँछ ।

· चीनको एक पुरानो कानून अनुसार कुनेपनि महिलालाई आफ्नो श्रीमानले धोका दिइरहेको लागेमा डिभोर्स गर्ने हक छ । यतिमात्र होइन धोका दिएको वा परस्त्रीसँग लागेको देखेमा हत्यासम्म गर्ने छुट पुरानो कानूनले दिएको थियो । नियम यस्तो थियो की धोकेबाज श्रीमानको हत्यामा कुनै हतियारको प्रयोग गर्न पाइन्नथ्यो ।

· समोआमा यदि पतिले आफ्नी पत्नीको जन्मदिनको शुभकामना दिन भुल्यो भने सकस पर्यो । आफुलाई बर्थडे विस नगर्ने लोग्नेलाई डिभोर्स दिने हक समोआका महिलामा सुरक्षित छ ।

· अमेरिकाको कन्सासका कतिपय क्षेत्रमा पुरुषलाई आफ्नी श्रीमतीकी आमासँग पनि शारीरिक सम्बन्ध कायम राख्नु आवश्यक हुन्छ । यसो नगर्ने पतिलाई उसकी श्रीमतीले डिभोर्स दिन पाउँछे ।

· कुवेतमा यदि कोही पुरुषले महिलालाई घुरेर हेर्यो भने जेलको हावा खानुपर्छ । यतिमात्र होइन कुनै पुरुषले पोथी जनावरलाई पनि यौनभावनाले हेर्यो भने उसलाई समेत जेल सजाय हुन्छ ।

· अस्ट्रेलियामा यदि कोही आदिवासी महिला आफ्नो पतिसँग अलग हुन चाहेमा पतिलाई मनाउने कोसिस गर्न सक्छन् । वा तुरुन्तै कुनै दोश्रो पुरुषसँग बिहे गरेर आफ्ना पहिलो दाम्पत्य सम्बन्धलाई टुंगाउन सक्दछन् ।

· अमेरिकाको कोलोराडोमा पहिले यस्तो कानुन थियो की आइतबार आफ्नो इच्छा विपरित सेक्स गर्न चाहने पतिलाई पत्नीले जेल हाल्न सक्थिन् र डिभोर्स दिन सक्थिन् । आइतबार विदाको दिन आराम गर्ने दिन भएकाले सम्भोगका लागि कर गर्नु हुँदैन भन्ने मान्यता भएर होला ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्