Logo
७ बैशाख २०८१, शुक्रबार
(January 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय अनुसन्धानमा २३२ जनाका लागि जागिर खुल्यो, SLC पासले आवेदन गर्न सक्ने

राष्ट्रिय अनुसन्धान विभागले २३२ जना सहायक सूचकका लागि आज विज्ञापन खोलेको छ ।

देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको संकेत सो विभागले दिएको छ । आजको गोरखापत्रमा यस सम्बन्धी विज्ञापन प्रकाशित भएको छ ।

सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा भनिएको छ ।

विभागद्वारा आज प्रकाशित विज्ञापनमा जनाइएअनुसार विभागमा रिक्त रहेको सहायक सूचक( राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

जसमा खुल्लाबाट १२८ र समाबेशीबाट आदिवासी जनजाति, मधेशी, महिला, दलित र पिछडिएका क्षेत्रबाट समेत गरी १०४ जना नियुक्त गरिने जनाइएको छ ।

विज्ञापनमा उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने र एसएलसी वा एसइइ पास गरेको प्रमाणपत्र चाहिने जनाइएको छ ।

प्रकाशित मिति: Jan 3, 2020

प्रतिक्रिया दिनुहोस्