Logo
६ बैशाख २०८१, बिहीबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेश जाने युवालाई कठिनाई र अनियमिततामा नपार्न कर्मचारीलाई श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कर्मचारीहरुले जनतालाई सरल र सहज ढंगलले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

उनले विदेशमा जाने नेपाली युवाहरुलाई सुरक्षित र भरपर्दो तवरले पठाउने विषयमा सरकार गम्भीर रहेको भन्दै यसका लागि कुनै कठिनाई र अनियमितता नहुने गरी काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आज (बिहीबार) मिनभवनस्थित श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको अनुगमन गर्दै मन्त्री यादवले सरकारको नीति निर्देशन बमोजिम राष्ट्र सेवक कर्मचारीहरुले जनतालाई छिटो छरितो सेवा दिन निर्देशन दिँदै यो कुरा बताएका हुन् ।

त्यस्तै नेपालका विभिन्न उद्योग प्रतिष्ठानमा अहिले पनि नेपाली श्रमिकहरुले जोखिम पूर्ण काम गरिरहेको भन्दै उनीहरुको व्यवसायी र भौतिक सुरक्षाका लागि सबैले आ-आफ्नो ठाउँबाट सचेतनापूर्वक ध्यान दिन मन्त्री यादवले आग्रह गरेका छन् ।

त्यसैगरी मन्त्री यादवले उद्योग,कलकारखानामा काम गर्ने श्रमिकहरुको विषयमा सरकार गम्भीर रहेको भन्दै नेपालको अर्थिक समृद्धिको लागि उद्योगी र श्रमिकलाई सँगसँगै लिएर देखा परेका समस्यालाई समाधान गर्न पनि मन्त्री यादवले निर्देशन दिए ।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्