Logo
११ बैशाख २०८१, मंगलबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्षतिपूर्तिको माग गदै पूर्वपश्चिम राजमार्ग दैजी-झलारी खण्ड अवरुद्ध

भीमदत्तनगर : मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी–झलारी खण्ड अवरुद्ध भएको छ ।

मङ्गलबार राति सो सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिकास्थित आमखैया जङ्गलमा भारतीय पर्यटक बसले बेदकोट नगरपालिका-३ का ४४ वर्षीय जय रानालाई ठक्कर दिँदा मृत्यु भएपछि स्थानीयवासिन्दाले आज विहानदेखि सो सडकखण्ड अवरुद्ध पारेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बस चालकलाई नियन्त्रणमा लिएको र राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ ।

भीमदत्तनगरबाट बुटवलतर्फ गइरहेको युपी १७ एटी १०६६ नम्बरको बसले विपरीतदिशाबाट म १ प ९०२७ नम्बरको बसमा घर आइरहेका रानालाई ठक्कर दिएको थियो ।

मृतकका आफन्तले शव बुझ्नसमेत मानेका छैनन् । मृतकको शव धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्