Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते

सांकेतिक तस्बिर

पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका-१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा-२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पृथ्वीचोकबाट चाउथेतर्फ जाँदै गरेको ग२च २७२६ नंको जिप अनियन्त्रित भई ग१६प ९५३७ नंको मोटरसाइकललाई ठक्कर दिएर विपरीत दिशाबाट आउँदै गरेको ग१ख ९४०५ नंको बससँग ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा उपचार गर्दागर्दै दुबै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक बाबुराम केसीले जानकारी दिए ।

दुर्घटनामा जिपमा सवार पोखरा-२९ भण्डारढिक बस्ने ३४ वर्षीय प्रेम परियार र पोखरा-३१ बस्ने २३ वर्षीय दिलबहादुर परियार घाइते भएकामा उनीहरुको उपचार भइरहेको बताइएको छ ।

प्रकाशित मिति: Jan 1, 2020

प्रतिक्रिया दिनुहोस्