Logo
८ बैशाख २०८१, शनिबार
(December 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अंग्रेजी नयाँ बर्ष मनाउन हुने, राष्ट्रिय टोपी दिवस मनाउन किन नहुने ?

संझना पौडेल
टोपी टाउको ढाक्ने गरी लगाउने कपडा वा टाउको पहिरन हो । यो शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नाका निम्ति चाउलो टोपीको घेरामाथिको भाग वा चक्का र घेरा हाली सिइएको बस्त्र हो । टोपी पुरुषहरूले लगाउँछन् ।

नेपालीले प्राचिनकालदेखि टोपी लगाउने गरेको पाइन्छ । नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो ।

टोपी मुख्य रुपले नेपालको पहाडी भू–भागमा बसोबास गर्ने प्रायः सबै थरिका मानिसहरूले परम्परागत रुपमा लगाउने गर्छन् ।

टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई भादगाउँले टोपी भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा ढाका टोपी बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ । टोपीलाई शिरपोस पनि भनिन्छ ।

यस्तै ढाका टोपी ढाकाको कपडाबाट बनेको पुरूषहरूले लगाउने पहिरन टोपी हो । ढाका टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । प्रायः दौरा सुरूवालको साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाका टोपीले नेपाली जातिको पहिचान जनाउँछ । पाल्पाली ढाका टोपीलाई देशकै उत्कृष्ट ढाका टोपी मानिन्छ ।

मेरो टोपी कैलासको शिर जस्तो
मेरो टोपी हिमाली भीर जस्तो
कहिले पनि झुक्न नजान्ने,
कहिले पनि लुक्न नमान्ने
मेरो टोपी
नेपाली वीर जस्तो, नेपाली वीर जस्तो
मेरो टोपी आफ्नो सन्तान चिन्हाउने जन्मैको पाती जस्तो हो माथिका यी गीतका हरफहरु चर्चित गायका गोपाल योन्जनले गाउँनु भएको हो । म नेपाली, तपाई नेपाली, उ नेपाली र हामी सबै नेपाली नेपालीको पहिचान नेपालीको गौरव अनि हामी सबैको शीरमा लगाउने टोपी नेपाली टोपी । जब जब टोपीको कुरा उठ्दछ सम्झन्छु इतिहासलाई अनि वीर नेपालीलाई । वास्तममा राष्ट्रियता झल्काउने नेपाली ढाका टोपीको महत्व देश तथा विदेशमा धेरै छ ।नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानहरुमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रबर्द्धन भैरहेको अहिलेको अबस्थामा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिन्ह नेपाली टोपी रहेको छ ।

हाम्रो मान, शान र पहिचान नेपाली टोपी हो । यसको सम्मान अब हामी सबैले गर्न जरुरी छ । विदेशमा गएर टाइसुटमा सजिएका युवाहरु र स्वदेशमा रहेर पश्चिमा संस्कृतिमा रमाउँदै तिरमिरे टोपीमा रमाउनेहरुले अब नेपालीको पहिचानलाई जोगाउनु पर्ने बेला आएको छ ।जनवरी १ का दिनमा नेपाली टोपी दिवस मनाइने भएको छ । सदा झै यो वर्ष पनि जनवरी १ लाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाइने कुरालाई आजभोलि समाजिक सञ्जालहरुमा निकै महत्वको साथमा हेरिएको छ ।

राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्ना गर्नका लागि भन्दै १ जनवरीलाई नेपाली पोशाक लगाउने दिनका रुपमा मनाउन थालिएको अभियान कर्ताहरुले बताएका छन् । सो दिन नेपाली राष्ट्रियता झल्काउने पोशाक लगाएर अभियानमा समर्थन जनाउन र राष्ट्रियताका लागि केही ऊर्जा प्रदान गर्न सबैमा अभियानकर्ताहरुले आग्रह पनि गरेका छन् । वर्षको एकदिन राष्ट्रिय पोशाक लगाएर सामाजिक संजालमा फोटो अपलोड गर्दैमा राष्ट्रियता नजोगिए पनि राष्ट्रियता संकटमा पर्न थालेको वर्तमान अवस्थामा यसले केही मात्रामा भए पनि टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

यो अभियानमा देश–विदेश र गाउँ सहर जो जहाँ भए पनि सक्दो सहयोग गर्दै अभियान चलाउन आग्रह समेत गरिएको छ । सम्भव भएसम्म सधै नेपाली पोशाकमा सजिऔ, सम्भव नभए हरेक वर्ष जनवरी १ का दिन नेपाली पोशाक लगाऔ र सोसियल मिडियामार्फत नेपाली पोशाकको प्रचार–प्रसार गर्न समेत आग्रह गरिएको छ ।नयाँ बर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय बाताबरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर नेपाली टोपी दिवस २०१४ जनवरी १ बाट संसारभर मनाउन शुरु गरिएको हो ।

यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि टोपी संस्कारलाई थप प्रबर्द्धन र प्रसार दिन मद्दत गर्दछ । बिगतका बर्षहरुमा पनि संसारभरबाट भएको सहभागिता र संचार माध्यमहरुबाट पाएको सद्भभावना यसपटक पनि प्राप्त हुने हुने कुरामा कुनै दुइमत छैन ।गत बर्ष जस्तै यसपाली पनि १ जनवरी २०१९ का दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाउन आ आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, फोटो खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गरौँ भन्ने नारा अभियानकर्ताहरुले बोकेका छन् ।

हाम्रो मान, शान र पहिचान नेपाली टोपिलाइ सम्मान गर्ने अभिप्रायले जनवरीको पहिलो दिनलाई टोपी दिवसको रुपमा मनाउ भन्नेजस्ता नाराहरुले निकै चर्चा कमाएको थिए ।जनवरी १ मा अंग्रेजी पात्रोको चलन भएका देश र स्थानहरुमा नयाँ बर्षको उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालका नेपालीहरुमा समेत उक्त दिनमा पर्वजस्तो उल्लासमय बाताबरण हुने हुनाले उक्त दिनमा नेपाली टोपी लगाएर जनवरी १ लाई अझै बिशेष बनाउन सकिन्छ भन्ने अवधारणा रहेको पाइन्छ ।

जनवरी १ तारिखको दिन नेपाल तथा विश्वभरी छरिएरहेका सम्पूर्ण नेपालीले आ आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगएर मनाउने भएको छ । गोर्खालीको पहिचान हो नेपाली टोपी सामाजिक सन्जालको आजको युगमा नेपाली टोपी लगाएको फोटोलाई सामाजिक सन्जालमा राख्न अनुरोध गरिएको छ ।अंग्रेजी नयाँ बर्षको पहिले मितिलाई साभार गरेर नेपाली टोपी दिवसको सुरुवात गरिएको थियो जुन अत्यन्त सफल पनि भएको थियो । यस्तै गत बर्ष हाम्रो टोपी हाम्रो सान, नेपालीको पहिचान, भन्ने मुल नाराका साथ यो दिवस मनाईएको थियो ।

टोपी दिवसको अवसर पारेर सयौं पुरुषले शिरमा नेपाली ढाका टोपी पहिरिएका थिए । यस्तै उनीहरुले बिभिन्न ठाँउ ठाउँमा र्याली निकालेका थिए । प्रत्यक्षदर्शिले कुनै आन्दोलनको नारावाजी भएको महसुस गरेका थिए । तर, लाईनमा सबैका शिरमा नेपाली टोपी देख्दा कुनै चेतनामुलक र्याली भएको अड्कल काटेर र्यालीमा सहभागी भए।जानकारका अनुसार यो दिवस मुलुककै पहिलो दिवसका रुपमा मनाईएको छ । र्यालीमा सबै उमेरका पुरुषको सहभागीता रहेको थियो । अन्तर्राष्ट्रिय रूपमा नेपालीपन प्रवर्द्धन गर्न र देशभित्र पनि टोपी संस्कार विकास गर्न अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागिएको हो।

यो बर्ष पनि जागरुक युवा अभियान नेपाल नामक संस्थाले टोपी दिवसको दिन सातौ टोपी दिवस मनाउन जनवरी १ का दिन काठमाडौको माईतीघर मण्डलामा प्रभातफेरि लगायतको कार्यक्रम तय गरेको छ भने अन्य संघ संस्था र अभियन्ताले पनि देश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ टोपी दिवश मनाउन सबैलाई आव्हान गरेका छन् ।

नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश र स्थानमा नेपालीपनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रवद्धधन भइरहेको अहिलेको अवस्थामा समग्र नेपालीको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ । शताब्दी औंदेखि प्रयोग भइरहेको नेपाली टोपी प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले अभियान थालनी गरिएको हो । विश्वमा नेपालीहरुको पहिचान झल्काउने नेपाली ‘ढाका’ टोपीको महत्व धेरै छ ।पृथ्वीनारायण शाहको पालादेखि नै नेपाली टोपीको पहिचान झल्कदै आएको र ब्रिटिस साम्राज्यवादहरुले समेत नेपाली टोपीको गाथालाइ ईतिहाँसमा उल्लेख गरेको घटनाले समेत यो टोपीको आफनौ मौलिक महत्व रहेको छ । नेपालमा वर्षेनी टोपी दिवस मनाइँदै आइएको छ ।

राजधानी लगायत देशैभरी नेपाली टोपीको प्रदर्शन गरी टोपी दिवस मनाउने परम्परा नै बसेको छ । विगतका बर्षहरुमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिकमा नेपाली भादगाँउले टोपी पहिराउदै नेपाली टोपी दिवस विभिन्न ठाँउमा समेत मनाइएको थियो ।नेपाली टोपी हाम्रो शिरमा रहँदामात्र हामी नेपाली भएको पहिचान हुने धेरैको भनाई छ । सबै नेपालीले नेपाली टोपीको महत्व बुझ्नु जरुरी छ । टोपी लगाएर पहिचान जोगाईराख्नुपर्ने सुझाव धेरैको धारणा छ ।

(पौडेल प्रेस काउन्सिन नेपालको मिडिया अनुगमनकतर्मा हुनुहुन्छ)

प्रकाशित मिति: Dec 31, 2019

प्रतिक्रिया दिनुहोस्