Logo
१३ बैशाख २०८१, बिहीबार
(December 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको माया जालमा नफस्न राजपालाई उपेन्द्र यादवको सुझाव

हालै सरकारबाट बाहिरिएका समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको जालमा नफस्न राष्ट्रिय जनता पार्टी (राजपा) लाई आग्रह गरेका छन् ।

राजपाका नेताहरु सतर्क र सचेत हुनु पर्ने भन्दै समाजवादी पार्टी र राजपाको एकिकरणका विषयमा टुंग्याउन बाँकी रहेका ससाना कुराहरु छिनोफानो गरि एकीकरणको दिशामा अघि वढ्नु पर्ने बताए ।

संविधान संशोधन गरि संघीयता, निर्वाचन प्रणाली, समावेशिता लगायतका विषयहरुलाई संवोधन गर्ने र लामो समयदेखि भेदभावमा रहेका समूदायको मुद्दालाई सम्बोधन गर्ने सरकारसंग विगतमा सहमति गरि आफनो दल सरकारमा सामेल भएकोमा उक्त सहमति पुरा हुने अवस्था नआएको बताए ।

सहमतिका मुद्दा सम्बोधन नहुने अवस्था आएपछि सरकारमा बसिरहनु औचित्यहिन भएकाले सरकारबाट राजिनामा दिएर बाहिरिएको उनको भनाई छ ।

उनले आफनो पार्टी सरकारमा सामेल हुनु अघि सरकारसंग गरेको सहमति कार्यान्वयन हुने अवस्था नरहेको भन्दै राजपाले पनि अवस्थालाई गम्भीरतापूर्वक लिनु पर्ने बताए ।

युवा भेला सम्वोधन गर्न जिल्ला सदरमुकाम जलेश्वर आएका अध्यक्ष यादवले भेलापछि सोमवार साँझ आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।

अध्यक्ष यादवले प्रदेश सरकार परिवर्तनको हल्ला समेत निराधार रहेको बताउँदै पहिले पनि यस्ता हल्ला नेकपाका नेताहरुले चलाएकाले यसको पछि नलाग्न आग्रह गरे ।

मधेशको जनादेश नेकपासंगको गठबन्धन नभई राजपा र समाजवादीको एकिकरण भएकोले प्रदेशमा सरकार बनाउन नेकपाको प्रस्ताव आए राजपाले त्यसलाइ अस्वीकार गरि नेकपाको प्रलोभनमा नफस्न आग्रह गरे ।

उनले संसदिय संघर्ष र जनसंघर्षको माध्यमबाट संविधान संशोधनको लक्ष्य प्राप्त गर्न सरकारबाट वाहिरिएको बताएका छन । उनले सरकारले संविधान संसोधनको सहमति तोडेकाले आफु सरकारबाट वाहिरिएको बताए ।

प्रकाशित मिति: Dec 30, 2019

प्रतिक्रिया दिनुहोस्