Logo
७ बैशाख २०८१, शुक्रबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशान्तकोे स्वरमा ‘जिन्दगीमा हरेक प्रहर…’ सार्वजानिक (भिडियो सहित)

काठमाडौं : गायक सुशान्त खजुमको स्वरमा सजिएको ‘जिन्दगीमा हरेक प्रहर…’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

गायक, संगीतकार, कलाकार तथा निर्देशकको उपस्थितिमा अनुभूतिलाई साटासाट गरी भिडियो सार्वजानिक गरिएको हो ।

भिडियो सार्वजानिकपछि पत्रकार देवेन्द्र खापुङले अहिलेका नेपाली म्युजिक भिडियोहरूको आफ्नै फर्मेट बनेको टिप्पणी गरे ।

कलाकार तथा गायकहरूलाई अनिवार्य रुपमा देखाएर म्युजिक भिडियो बनाइनु नेपाली विशेषता बन्दै गइरहेको खापुङले बताए ।

एरेन्जर तथा संगीतकार कृष्णभक्त राईले शब्दले आफूलाई तानेकोले संगीत गर्न सजिलो भएको बताएका थिए।

त्यसैगरी कलाकार प्रकाश श्रेष्ठले पहिलो काम पाएको बताएका थिए। कलाकार बिमला खजुमले पहिले निकै म्युजिक भिडियोमा अभिनय गरे पनि यस गीतमा काम गर्दा विशेषखाले आनन्द आएको बताइन,्।

गायक सुशान्त खजुमले गायनमा आफ्नो रहर मात्र नभएर मेहनत पनि गर्दै आएको बताए । एलपी सुब्बा थेगिमको रचना र कृष्णभक्त राईको संगीत तथा एरेन्जमा तयार भएको गीतलाई सुशान्त खजुमले गाएका हुन्।

अकिल राईको छायांकनरसम्पादन रहेको भिडियोमा विमला खजुम, प्रकाश श्रेष्ठ, सुमित ढकालले अभिनय गरेका छन्। भिडियोका निर्देशन खुश्बु पुडासैनीले गरेकी हुन् ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्