Logo
८ बैशाख २०८१, शनिबार
(December 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भौतिक मन्त्री नेम्बाङद्धारा किर्तिपुर तीनथाना जोड्ने पक्कि पुलको शिलान्यास

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले किर्तिपुर तीनथाना जोड्ने पक्कि पुलको शिलान्यास गर्नु भएको छ । शनिबार निर्माण स्थलमा ईटा राखेर पुलको शिलान्यास गरेका हुन ।

अर्को बर्ष मंसिरमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यो मोटरेबल पुलको २५ मिटर लम्बाई र फुटपाथ सहित ११ मिटर चौढाइ रहेको छ । किर्तिपुर तीनथाना सडक खण्ड स्थित बल्खु खोलामा निर्माण प्रारम्भ गरिएको यो पुल ३ करोड, ४४ लाख, ७१ हजार लागतमा सम्पन्न हुनेछ ।

किर्तिपुर तीनथाना हुदै चन्द्रागिरी जोड्ने यो बाटोलाई ऐतिहासिक मार्गको रुपमा लिइन्छ । चन्द्रागिरी दहचोक हुँदै पृथ्वीनारायण शाहले काठमाण्डौ कब्जा गर्न आउँदा यहिबाटो प्रयोग गरेका थिए ।

शिलान्यासपछि मन्त्री नेम्बाङले पुर्खाले बनाएको ऐतिहासिक पुलको ठाउँमा पक्कि पुल निर्माण सुरु गरेको बताए । उनले भने ‘ऐतिहासिक पुर्खाले निर्माण गरेको पुरानो पुलको ठाउँमा नयाँ पुलको शिलान्यास गर्न सफल भएका छौ ।

सरकार यस्ता सानादेखि ठुलाठूला धेरै पुलहरुको निर्माण गर्न चाहन्छ । यो आर्थिक बर्ष भित्र मात्र ३ सय पुल निर्माण हुँदैछ ।’

कम्युनिष्ट पार्टीको जगमा उभिएको सरकारले समृद्ध नेपाल, सुखी नेपाली निर्माणको अभियानलाई अघि बढाएको उल्लेख गर्दै उनले काठमाण्डौ उपत्याकासहित देशभरी योजनाबद्ध ढंगले विकास निर्माणको कार्यलाई अघि बढाएको बताए ।

अबको सरकारको लक्ष्य भनेकै रेलमार्ग, सुरुङ मार्ग, पानीजहाज लगायत ठूला ठूला योजनाहरुलाई सफल बनाएर अविकसित मुलुकबाट विकासन्मुख मुलुकको रुपमा परिवर्तन गर्ने उल्लेख गरिन ।

योजनाहरु अघि बढाउन कानुनी अप्ठ्याराहरु संशोधन प्रक्रिया अघि बढेको जानकारी गराउँदै उनले विकास निर्माण सबैको साझा एजेण्डा भएको बताए ।

उनले भने ‘विकास निर्माण सबैको साझा एजेण्डा भएकाले सबै जनप्रतिनिधि, सबै संघसस्था, सबै स्थानीय बासिन्दाहरुले सहयोग र खबरदारी गरेर समयमै पुल निर्माण सम्पन्न हुनेछ ।’

धुवाँ धुलोको मुख्य समस्या रहेको राजधानीका चाबहिल-गौशला सडक खण्डको निर्माण ६ महिना भित्र सम्पन्न हुने उल्लेख गर्दे काठमाण्डौसंग जोड्ने नुवाकोट नगरकोट, थानकोट हेटौडा जानेबाटो पनि तीब्र ढंगले निर्माण कार्यलाई अघि बढाएको बताए ।

प्रकाशित मिति: Dec 29, 2019

प्रतिक्रिया दिनुहोस्