Logo
७ बैशाख २०८१, शुक्रबार
(December 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमान खानको ५४ औं जन्मदिनमा बहिनी अर्पिताले दोस्रो सन्तान जन्माउने तयारी

सलमान खान डिसेम्बर २७ मा आफ्नो ५४ औं जन्मदिन मनाउने तयारीमा छन् ।

सलमानले यसपाली आफ्नो जन्मदिन भिन्न स्थानमा मनाउने भएका छन् । भारतीय मिडियाका अनुसार प्रोफेशनल र पर्सनल कमिटमेन्ट्सका कारण सलमानले आफ्नो जन्मदिन पनवेल स्थित फार्म हाउसमा नमनाउने निर्णय लिएका छन् ।

सलमान आफ्नो ५४ औं जन्मदिन भाइ सोहेल खानको घरमा मनाउनेछन् जुन मुम्बईको पाली हिल इलाकामा रहेको छ । सोहेलको घरमा एउटा बर्थ डे ब्यास दिइनेस जसमा शाहरुख खान, कट्रिना कैफ, सोनाक्षी सिन्हा, वरुण धवन, सई मांजरेकर, कबिर खान र ज्याकलिन फर्नान्डिजसहित थुप्रै सेलिब्रिटी पुग्ने सम्भावना छ ।

सलमानका लागि यो जन्मदिन विशेष हुनेछ । वास्तवमा, उनकी बहिनी अर्पिताले २७ डिसेम्बरमा शल्यक्रियामार्फत् आफ्नो दोस्रो सन्तानलाई जन्म दिँदैछिन् । उनको शल्यक्रिया हिन्दुजा अस्पतालमा हुँदैछ । यसैकारण पनि सलमानले आफ्नो जन्मदिन मुम्बई बाहिर नमनाउने निर्णय गरेका हुन् ।

प्रकाशित मिति: Dec 27, 2019

प्रतिक्रिया दिनुहोस्